सुर्खेतमा तिहार लक्षित बजार अनुगमन तीव्रता

0
605

टेकेन्द्र बस्याल, सुर्खेत- तिहार लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेत र यहाँका स्थानीय तहले जिल्लामा बजार अनुगमन तीव बनाएका छन् । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा जिल्ला प्रशासन कार्यालय र अन्य स्थानीय बजारमा स्थानीय पालिकाहरुले तिहार लक्षित बजार अनुगमन सूरु गरेका हुन् ।

तिहारको समयमा दैनिक उपभोग्य वस्तु तथा सेवाको मुल्य, गुणस्तर, मापदण्ड लगायतका विषयमा अनुमगन भैईरहेको छ । चाडपर्वमा हुने महंगी नियन्त्रण, अखाद्य र गुणस्तरहीन वस्तुको कारोवार नियन्त्रण गरि उपभोक्ताहरुको हकहित संरक्षण तथा स्वच्छ बजार प्रवर्द्धन गराउन बजारक्षेत्रका विभिन्न पसलहरुमा संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमन गरिरहेको हो । तिहारको समयमा अनुगमन टोलीबाट म्याद गुज्रेका र अखाद्य वस्तु एवम् लेबल नखुलेका समानहरु नियन्त्रणमा लिई पदाधिकारीहरुकै रोहबरमा नष्ट गरिएको र व्यावसायीहरुलाई नापतौलका साधनहरु चेकजाँच गरी उपभोक्तालाई वस्तुको परिमाण ठीक मात्रामा उपलब्ध गराउन, पसलको सरसफाई लगायत अखाद्य रंगको प्रयोग नगर्ने, उपयुक्त मुल्यमा उपयुक्त वस्तु उपलब्ध गराउने, मुल्यसूची अनिवार्य रुपमा राख्ने, बिल बिजक लिने दिन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले बताए । दशैको समयमा समेत बजार अनुगमन गरेका सरकारी निकायले तिहारमा पनि निरन्तरता दिएका छन् । भेरीगंगा नगरपालिकाभित्र अनुगमन गर्दा एग्रोभेटमा म्याद सकिएको बिषादी तथा बिउबिजन फेला परेको, खाद्य तथा किराना पसलमा म्याद सकिएका मरमसला, चाउचाउ, बिस्कुट लगाएतको दैनिक उपभोग्य सामाग्री भेटिएको उपमेयर धनसरा बोहराले बताईन् । अनुगमन टोलीले सामान खरिद गर्दा अनिवार्य उपभोग्य मिति हेर्न, म्याद सकिएको सामान बिक्रि वितरण नगर्न उपभोक्ता र व्यापारीलाई आग्रह गर्ने गरेका छन् ।


अनुगमनका क्रममा पसलमा मुल्य सूची नराखेको, नबिकरण नगरिएको, म्याद गुज्रेका सामग्री भेटिएको तथा धेरैले आफ्नो व्यवसाय नविकरण नगरेको, विल लिने दिने नगरेको, पसल तथा व्यवसाय व्यवस्थित गरेको, सबै किसिमका सामग्री एकै ठाउँ विक्रि गर्ने गरेको भेटिएको गुर्भाकोट नगरपालिका मेयर हस्त पुनले जानकारी दिए । अनुगमनका क्रममा म्याद गुज्रिएका र अखाद्य वस्तुहरु जफत गरेर नष्ट गर्ने गरिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here