सुन्धारा सहकारी झिङ्गनीको संकलन केन्द्र शिलान्यास

0
469

सृजना बारघरे, जेठ १८- भेरीगंगा नगरपालिका वडा नम्बर ६ मा स्थित श्री सुन्धरा कृषि तथा पशु सहकारी संस्थाको संकलन केन्द्र भवनको शिलान्यास गरिएको छ । सहकारीको भेरीगंगा ६ झिङ्गनीमा निर्माण हुने फलफूल तथा कृषि संकलन केन्द्रको आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको हो ।

भेरीगंगा नगरपालिकाका उपप्रमुख धनसरा बोहरा र भेरिगंगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लालसिङ बिसिले एक कार्यक्रमका बिच संकलन केन्द्र भवनको शिलान्यास गर्नुभएको हो । शिलान्याससंगै सुन्धारा कृषि तथा पश सहकारी संस्थाको फलफूल तथा कृषि संकलन भवन निर्मण सुरु भएको छ । कर्णाली प्रदेश भुमि तथा कृषि मन्त्रालयको १० लाखको आर्थिक सहयोगमा उक्त संकलन केन्द्रको स्थापना गर्न लागिएको सहकारीका अध्यक्ष बलबिर नेपालीले जानकरी दिनु भयो ।
कार्यक्रममा कर्णाली प्रदेश भुमि तथा कृषि सहकारी मन्त्रालयका निमित्त सचिब राजु भुज, कृषी विकाश निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायको उपस्थिती रहेको थियो । स्थानीय किच गाउँमा सहकारीले संकलन केन्द्रको भवन बनाउन लागेको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here