सुन्धारा कृषि सहकारीको साधारण सभा तथा अधिबेशन सम्पन्न

0
73

शृजना बारघरे- भेरीगंगा नगारपालिका ६ मा संचालित श्री सुन्धरा कृषि तथा पशु सहकारी संस्था लिमिटेडको दसौ साधारण सभा तथा अधिबेशन कार्यक्रम सम्पन्न भएको छ । २०६९ पौस १६ गतेदेखि भेरिगङ्गा नगरपालिका वडा नम्बर ६ मा स्थापना भई संचालनमा रहेको सहकारीको साधारण सभा सम्पन्न भएको हो ।


सहकारीमा हालसम्म ४ सय ८२ जना शेरसदस्य रहेको र चालू आवमा ५५५ जना सदस्य बनाउने लक्ष्य राखेको छ । सहकारीका अध्यक्ष बलबिर नेपालीले साधारण सभामा आर्थिक बर्ष ०७९÷०८० को प्रगति तथा ०७९÷०८० को वार्षिक नीति, कार्यक्रम र वजेटसँगै, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन समेत प्रस्तुत गर्नुभयो । आर्थिक बर्ष ०७९÷०८० मा संस्थाको कुल आर्थिक कारोबारो १ करोड ३६ लाख ५१ हजार ५ सय ६१ पैसा बरावरको कारोबार भएको थियो भने आर्थिक बर्ष ०७९÷०८० ३ करोड ७८ लाख ६२ हजार ४ सय ८५ बनाउने लक्ष्य राखेको छ । जसमा संस्थाको शेयर पुँजी १९ लाख १६ हजार ४सय रहेको छ भने आर्थिक बर्ष २०७९÷८० मा २१ लाख ८० हजार ४ सय पुर्याउने लक्ष लिएको छ। सहकारी को बार्सिक आम्दानी १३ लाख ८० हजार ७ सय ९९ पैसा रहेको र आर्थिक बर्ष ०७९÷०८० मा १८ लाख ७० हजार ५ सय ६७ पैशा आम्दानी गर्ने लक्ष्य सहकारी राखेको छ । करिब ४०० भन्दा बढी सदस्य हरुको उपस्थितिमा भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो । कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अतिथि तथा भेरिगङ्गा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लालसिङ बुढाक्षेत्रीले संस्थाहरु नीति, विधि र प्रविधिमा सञ्चालन हुनुपर्ने ,सदस्य र संस्था एक ढिक्का भएमा सहकारी संस्था कहिले पनि समस्यामा नपर्ने तथा जुनसुकै समयमामा पनि सहकार्य गर्न भेरिगङ्गा नगरपालिका ६ वडा तयार रहेको बताउनु भयो । त्यस्तै विशेष अतिथि एवम् भेरिगङ्गा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कर्णबहादुर मिजारले सदस्यहरुले संस्थामा बचतका लागि भन्दा पनि कर्जा सेवाका लागि मात्र आवद्धता हुने गरेको पाइएकाले कर्जा मात्रै भन्दा पनि बचत पनि हुन्छ र चाहिएको बेला कर्जा लिन पनि सकिन्छ भन्ने सोचका साथ सहकारीमा बचत गर्न आग्रह गर्नु भएको थियो ।


सहकारीका अध्यक्ष बलबिर नेपालीले सहकारी स्थापना काल देखि बिश्वास अध्यक्ष पदमा जिम्मेवारी दिएकोमा सहकारी परिवारलाई धन्यबाद दिदै सहकारीलाई जनताको सुख दुखको सारथिको रुपमा अगाडी बढाउन सधै तत्पर रहने बताउनु भएको थियो । उहाले सहकारी सम्बधि कुनै गुनास, समस्या वा सल्लाह सुझाब भए सहकारीमा तुरुन्त आएर वा स्वयम् अध्यक्षलाई सम्पर्क गर्न समेत आग्रह गर्नु भयो । कार्यक्रममा सम्बोधन गर्दै केन्द्रिय सहकारी संघका प्रशिक्षक सुर्खेतका लिला गौतमलेले सदस्यहरुले सहकारी संस्थाबाट कर्जा लाई कृषि क्षेत्रमा लगानी लगाई कृषि मूखि बनाई समग्र भेरिगङ्गालाई कृषि मूखि बनाउन सबै लाग्नु पर्नेमा जोड दिनु पर्ने बताउनु भयो । सभाले संस्थामा व्यवसायिक क्रियाकलापमा नियमित किस्ता बुझाउने पबित्रा बिक लाई पुरस्कार मा रकम दिइएको थियो भने नियमित बचत गर्ने गोगनपानी कृषक समुहलाइ बीउ बिजन दिएर पुरुस्कृत गरिएको थियो भने सममै बाखा खोर बनाएर प्रथम हुने शिव सुन्धरा कृषक समुहका सदस्यहरुलाई बाख्राको जुकाको औषधि दिइएको थियो । उत्कृष्ट बाल बचत तर्फ अबिसेक बिक र खगेन्द्र बिक लाई कापी कलम दिएर पुरुस्कृत गरिएको थियो । सम्मानित हुदा उत्कृस्ठ सन्चालक समिति मा धनमाया सुनार ,निशा बिक ,सुनिता कार्की ,डिलमाया रसाइली लाई प्रमाणपत्र सहित सम्मानित हुनु भएको थियो। सभाको कार्यक्रम सञ्चालन सुमन सुवेदी (वलि)ले गर्नुभएको थियो ।

सहकारिमा नयाँ संचालक समिती चयन गरिएको थियो भने अध्यक्षमा बलबिर नेपाली र बाकी ८ जना संचालक समितिमा चयन भएका थिए । कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष नेपालिले सहकारिले आउदो दिनमा सबैको आबस्यकता अनुसारका तालिमको ब्यबस्था गर्ने र आफनै देशमा केही गर्न चाहन्छु भन्नेलाई कम ब्याजमा रकम प्राप्त गर्ने र सधै सहकारिको हितमा रहेर काम गर्न सदस्यहरुलाइ आफना भनाइ राख्दै कार्यक्रम सम्पन्न भएको थियो । सहकारीका अध्यक्ष नेपालीको सभाअध्यक्षमा साधारण सभा सम्पन्न भयको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here