किशोर बस्याल, चैत १४ -भेरीगंगा नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको भेलाले सामुदायिक विद्यालय व्यवस्थापन महासंघ भेरीगंगा नगरपालिका समिति गठन गरेको छ । मंगलबार भेरीगंगा नगरहलमा सम्पन्न सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको भेलाले फडिन्द्रकिशोर वली अध्यक्षतामा २१ सदस्यीय नगर समिति गठन गरेको हो ।

नगर समिति अध्यक्षमा फडिन्द्रकिशोर वली, उपाध्यक्ष सीता भण्डारी, सचिव नारायणजंग शाह, कोषाध्यक्ष मेवालाल मिजार रहनु भएको छ । यस्तै समिति सदस्यहरुमा किरणकुमार भाट, पदम वली, सन्तोष खत्री, प्रदिप वली, लालबहादुर खत्री, गणेश विक, गोविन्दप्रसाद गौतम, अमन चुनारा, खुमबहादुर खड्का, गोपाल जिसी, टिकाकुमारी विक, विमला पुन, सुशिला वली र ताराकेशर खड्का रहनुभएको छ । यस्तै भेलाले केन्द्रिय प्रतिनिधी सदस्यमा प्रदिप वली र किरण भाटलाई सिफारिस समेत गरेको छ । मंगलबार १८ सदस्यीय समिति गठन गरेको भेलाले बाँकी ३ सदस्य महिलाहरुको मनोनित गर्ने भएको छ ।


कार्यक्रmममा भेरीगंगा नगरपालिकाका नगर प्रमुख तथा प्रमुख अतिथि यज्ञप्रसाद ढकाल, सामुदायिक विद्यालय व्यवस्थापन महासंघ कर्णाली प्रदेश अध्यक्ष गोविन्द कोईराला, सुर्खेत जिल्ला अध्यक्ष चन्द्रा खड्का, कर्णाली प्रदेश सदस्य खुर्गाबहादुर नगाल र भेरीगंगा नगर शिक्षा शाखा प्रमुख गजेन्द्रकुमार जिसीको उपस्थिती रहेको थियो । अतिथिले नगर समितिमा छनोन पदाधिकारीलाई खादा र टिकाले बधाई तथा सम्मान गरेका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here