हुमबहादुर कार्की, पौष २७ -गुर्भाकोट नगरपालिका वडा नम्बर २ मा रहेको चेतना महिला साना किसान कृषि सहकारी सस्था लिमिटेडको बुधबार ११ औँ साधारण सभा सम्पन्न गरेको छ । माबि कोटखोलाको प्राङ्गणमा सम्पन्न सभाको उद्घाटन गर्दै प्रमुख अतिथी वडा नम्बर २ का वडाअध्यक्ष नोखबहादुर वलिले सहकारी सरकारको नीतिनियम अनुसार चल्न अवस्यक रहेको बताउदै सहकारीले बास्तबिक बचतकर्ताहरुलाई महत्व गर्नुपर्ने र गर्दै पनि आएको बताए ।
पछिल्लो समयमा सहकारी सस्थाले स्थानीय स्तरमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पुर्याएको उहाँको भनाइ थियो । उहाँले आगामी दिनहरुमा वडा र स्थानीय सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । कार्यक्रमका बिशिस्ट अतिथिमा रहुनु भएका वडा न.२ का वडा अध्यक्ष रामबहादुर शाहीले सुभकामना दिदै सहकारी अभियानले छरिएर रहेका पूंजी र सीपलाई एकीकृत गर्दै स्थानीय स्तरको गरिबी न्यूनीकरण र सामाजिक आर्थिक बिकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए । सस्थाकी अध्यक्ष मंगलि पुनले सस्थाले गरेका हरेक गतिमा सदस्यहरुको पनि उतिकै चासो राख्नुपर्ने बिचार व्यक्त गरेकी थिइन् । कार्यक्रममा सस्थाले आव २०७९÷०८० मा सदस्य संख्या ७४५; ऋण सदस्य संख्या ४१७ जना कुल ७८ हजार ५ सय रुपैयाँ नाफा गरेको र ७४ लाख ४० हजार ९ सय कुल सेयर गर्दै निक्षेप बचतमा १ करोड ६४ लाख १४ हजार र ३ करोड १६ लाख १४ हजार ऋण लगानी गरेको अध्यक्षको प्रतिबेदन अनुसार सस्थाकी उपाध्यक्ष मीनकुमारी कामीले प्रस्तुत गरेकी थिइन् ।
सस्थाले रासायनिक मल टनेल सुधारिएको भकारो सिँचाइ कुलो जस्तापाता बीउ बिजन लगायत कृषिका विभिन्न क्षेत्रमा लगानी गर्दै आएको र सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सन्चालन गर्दै आएको सस्थाका प्रबन्धक मोहन हमालले बताए । साधारण सभामा साना किसान बैंक इलाका कार्यलय सुर्खेतका संयोजक तथा प्रबन्धक हरिप्रसाद न्यौपाने र बिजय रेग्मी, यसैगरी साना किसान कर्णाली प्रदेश संयोजक शेरबहादुर परियार, उत्तरगङगा प्रबन्धक चित्रप्रसाद रेग्मी, लेखफर्सा प्रबन्धक प्रेमप्रसाद ढकाल, समाजसेवि खिमानन्द ढकाल, टोपनारायण गैरे, सस्थाका सल्लाहकार चित्रबहादुर थापाले स्वागत मन्तब्य प्रस्तुत गरेका थिए ।
सभामा सस्था कि सहायक प्रबन्धक हिमा भट्टराईले लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गरेकी थिइन् भने सस्था कै आन्तरिक लेखापरिक्षण संयोजक यसोधा थापाले प्रस्तुत गरेकी थिइन् । साधारण सभाको कार्यक्रम बिच सस्थालाई सहज सहयोग गर्ने असल बचतकर्ता सस्थामा धेरै बचतकर्ता सस्थाप्रती सहयोगी कर्ता असल ऋणकर्ता गर्ने १ सय भन्दा बढी सेयर सदस्यहरुलाई पुरस्कारले सम्मान गरिएको थियो । यसैगरी वृद्ध बचतकर्ता, बाल बचतकर्ता सदस्य, सुत्केरीसंगै सदस्य मृत्यु लगाएत विभिन्न क्षेत्रमा ३ दर्जन बढीलाई सम्मान गरिएको थियो । कार्यक्रम संचालन सस्थाका प्रमुख प्रबन्धक मोहन हमालले गरेका थिए ।