सुर्खेत, जेठ ११ -भेरीगंगा १२ मा पुरानो वनको कार्यालयबाट प्रशासनिक कार्य संचालन गर्दै आएको भेरीगंगा नगरपालिकाले नँया भेरीगंगा नगरपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ । नगरपालिका रहेको स्थानमै चालू आर्थिक बर्षबाट निर्माण सूरु हुने गरि बैशाख २२ गते प्रशासनिक भवनको शिलान्यास भई कार्य सूरु भएको छ ।
नगरपालिकाले नँया भवनको कामको निर्माण समेत सुरु भएको छ । भवनको लागत रकम १० करोड ३२ लाख ८२ हजार ७५८ रहेको छ । भवन निर्माणका लागि ठेक्का सम्झौता ६ करोड ५२ लाख ८५ हजार १६२ मा भएको बताएको छ । ईन्द्रधनु अछाम निर्माण सेवा कैलालीले काम ठेक्का लिएको छ । नगर प्रशासनिक भवनको कोठा जम्मा ४२ वटा हुने छ । शाखा व्यवस्थापन तथा हलसहित जम्मा २३ वटा कोठा रहने बताएको छ । तिन तले रहने भवनको लम्बाई ३५.६० मिटर र र चौडा १६.१५ मिटर रहेको छ । भवनको बैशाख २२ गते नगर प्रमुख यज्ञप्रसाद ढकालले शिलान्यास गर्नुभएको थियो ।
मेयर ढकालले चालू बर्षमा निर्माण सूरु भई आगामी आर्थिक बर्षभित्र नँया भवनबाट प्रशासनिक कार्य संचालन गरिने बताउनुभयो । नगरपालिकामा प्रशासनिक भवनमा कोठा, भवन अपुग हुँदा विषयगत शाखा भाडामा संचालन हुँदै आएका छन् ।