सल्यान कालीमाटीमा ४ मा नेकपा एमाले प्यानलै विजयी

0
319

दिलिप ढकाल गुर्भाकोट बैशाख ३१- सल्यानमा रहेका बिभिन्न पालिका हरुको मत गणना आउने क्रम जारि रहेको छ । शनिबार दिउसो आएको मत परिणाम अनुसार कालिमाटी गाउपालिकाको वडा नम्बर ४ बाट नेकपा एमाले ले आफ्नो विजयी यात्रा सुरु गरेको छ । कालिमाटी गाउ–पालिकामा वडा नम्बर ४ मा नेकपा एमाले को प्यानल नै बिजयी भएको छ ।

वडा अध्यक्षमा निर्बाचित बेल बहादुर चन्दले आपनो प्रतिद्वन्दी नेकपा माओबादि केन्द्रका टोप बहादुर थापा लाई पराजित गर्नु भएको हो । उहाले ७७२ मत ल्यायर बिजयी हुदा टोप बहादुर थापाले ६२३ मत ल्याउनु भएको छ । त्यस्तै नेपालि कांग्रेसका पूर्ण बहादुर खत्रीले १२५ मत प्राप्त गर्नु भएको छ । त्यस्तै वडा सदस्य हुम बहादुर थापाले ७५७, दुर्गा बहादुर खत्रीले ७६० ,दलित महिला सदस्य लक्ष्मी सुनार ले ७६३ र महिला सदस्य दिलमाया वलीले ७७९ मत ल्यायर बिजयी भएका छन् ।

त्यस्तै वडा नम्बर ४ बाट पालिका अध्यक्षको लागि ६८९ मत र पालिका उपाध्यक्ष को लागि ७०३ मत प्राप्त भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here