दिलिप ढकाल गुर्भाकोट- जिल्लाको कालिमाटी गाउपालिका वडा नम्बर ५ सिमलतरा मा स्काभेटर पल्टिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कालिमाटी गाउपलिका वडा नम्बर ५ को कुमितरा देखि मदन-टाकुरा सम्मको बाटो खनेर फर्किने क्रममा सिमलातरा भन्ने ठाउमा स्काभेटर दुर्घटना भएको थियो।
बाटो छोडेर तल तर्फ आफै बाटो बनायर जाने क्रममा रोडको छेउको माटो होलो भएका कारण स्काभेटर पल्टिएको हो। हिजो २७ गते करिब तिन बजे तिर स्काभेटर पल्टिदा आफैले खनेको नया बाटो बाट करिब ४० मिटर तल पुगेको स्थानिय श्री बम बहादुर खड्काले जानकारी दिनु भयो।
स्काभेटर पल्टिदा तलतिर परेको मसिनको भागको सिसा फुटेर पूर्ण रुपमा क्षति भएको छ भने कुनै मानबिय क्षति नभयको स्थानीय बम बहादुर खड्काले जानकारी दिनु भयो।
Facebook Comments