सल्यानमा पहिरोले दुई घर सहित ३१ खसी बाख्रा पुरिए, मानविय क्षति भएन

0
222

दिलिप ढकाल,सुर्खेत, भदौ २० –सल्यान जिल्लाको कालिमाटी नगरपालिकामा पहिरोले दुई घर पुरिएको छ । पञ्चमी देखि परेको अविरल बर्षाले आएको पहिरोका कारण कालिमाटीमा दुई घर पुरिएको हो ।

कालिमाटी गाउपालिकाको वडा नम्बर ५ जुमखोला स्थित अम्मर बहादुर खत्री र झक्कु प्रसाद खत्रीको अघिल्लो बर्ष मात्रै बनाएको घरहरु पहिरोले पुरेको छ । पहिरोले घरहरु, गाई बान्ने गोठ र खोरमा थुनेका २० वटा खसी सहित ११ वटा बाख्राहरु पुरेको कालिमाटी गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टोप बहादुर कार्कीले जानकारी दिनु भयो।
उहाका अनुसार कुनै मानबिय क्षति नभएपनि घरमा राखिएका लत्ता कपडा,पकाउने तथा खाने भाडा,बर्ष दिन भरि खान पुग्ने अन्नपात पहिरोले पुरेको छ ।

खत्री परिवारले बिगर देखिनै खसी,बोका खरिद बिक्रि गर्ने काम गरिरहेको र पहिरोमा पुरिएका २० वटा खसी ब्याबसयाको लागि केहि दिन अगाडी मात्र गाउतिर बाट खरिद गरि ल्याईएको थियो । पहिरोको कारण बिस्थापित भएका खत्री परिवार लाई अहिले आफन्तिकोमा बस्ने ब्यबस्था मिलाईएको छ। खसी,बाख्रा,अन्नपात लत्ता कपडा गरि करिब २५ लाख बराबरको क्षति भएको जनाइएको छ ।

यस बिषयमा वडा अध्यक्षको रोहबरमा प्रहरीले विपदको घटनाको मुजुल्का तैयार गरि लगेको र पालिकाको विपद ब्यबस्थापन शाखामा बुझाउने र त्यसपछि पालिकाको जनता सँग आवास कार्यक्रम अन्तरगत आवास निर्माणको लागि राहतको काम अगाडी बढ्ने समेत अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here