Home Blog

भट्टराईको नेतृत्वमा पिडितलाई आर्थिक सहयोग

0

हुमबहादुर कार्की, चैत ११ – सल्यान कालिमाटी गाउँ पालिका वडा नम्बर ४ पुरुवा खेत बस्ने दिलबहादु बिकका अपाङ्ग छोरा मिश्र बिक र छोरी प्रेमकली बिकलाई टोपबहादुर भट्टराईको नेतृत्वमा आर्थिक संकलन गरि पिडित लाई हस्तान्तरण गरिएको छ । पिडित दिलबहादुर बिकका अनुसार छोराछोरी जन्मिएको १२ बर्षसम्म स्वस्फूर्त भएको र १२ बर्षको उमेर पारसंगै छोराछोरी शरीरको आधा भाग नचल्ने बोली पनि राम्रो सङ्ग नआउने हिडडुल गर्न नसक्ने हुदा स्यारसुसार गर्ने उमेरमा हामी आफै सुसारे भएर हुनु परेको बताए ।

कमाउने उमेर मा छोराछोरी दुबै जना अपांग भएको हुदा घरको आर्थिक अबस्था कम्जोर भै घरमा चुल्हो समेत बोल्न अप्ठ्यारो हुदा स्थानीय टोपबहादुर भट्टराईको नेतृत्वमा आर्थिक संकलन गरि बुधबार पिडित परिवारलाई हस्तान्तरण गरिएको हो । आर्थिक सहयोगमा सहयोग गर्नु हुने कालिमाटी गाउँपालिका ६ जुमखोलाका विशाल जैसी दुई हजमार, भेरीगंगा ६ का धनबहादुर कुवर २९००, धनुषा जिल्ला सबैला नगरपालिका ४ का अरुण कापर १४५०, धनुषा जिल्ला सहिद नगरपालिकाका भिम संकर यादव ८६५, मकवानपुर १० नौखामेका संगम तामाङ १४५० र सल्यान कालिमाटी ४ का नेतृत्वकर्ता टोप बहादुर भट्टराई १००० गरि ९६६५ रुपैया बिहिवार पिडित कै घरमा गएर संकलन रकम हस्तान्तरण गरिएको टोप बहादुर भट्टराईले जानकारी दिए ।


घरको आथिक अबस्था नाजुक भएको ले आर्थिक सहयोग गर्न परिवार स्रोतले अनुरोध गरेको छ । उनीहरुको उपचार र घरखर्चका लागि आर्थिक अभाव रहेको छ ।

भेरीगंगा १२ देउती टोलमा खानेपानी र सिँचाईलाई डिपबोरिङ्ग जडान

0

बालकुमारी विक, चैत ९ -राष्टिय गौरवको आयोजनाको रुपमा रहेको भेरी बबई ड्राईभर्सन आयोजनाले भेरीगंगा नगरपालिका वडा नम्बर १२ मा डिपबोरिङ्ग जडान गरेपछि छिन्चुबजार क्षेत्रमा पिउने पानीका लागि राहात हुने भएको छ । भेरीगंगा वडा नम्बर १२ को पहलमा भेरी बबई ड्राईभर्सन आयोजनाले वडा नम्बर १२ र १० मा सिँचाई तथा खानेपानीका लागि डिपबोरिङ्ग जडान गरेको हो ।

छिन्चुबजारमा भैईरहेको पिउने पानीको अभाव, नियमित सिँचाईको समस्या टार्न डिपबोरिङ्ग जडान भएको वडाअध्यक्ष रामबहादुर डाङ्गीले बताउनुभयो । वडाको निरन्तर र विशेष पहलमा नगरपालिका रहेको कार्यालयदेखि पुर्व देउतीटोलमा डिपबोरिङ्ग जडान भएको वडाअध्यक्ष डाङ्गीले भन्नुभयो । सिँचाई र पिउने पानीका लागि डिप बोरिङ्ग जडान सकिएको वडा कार्यालयले जानकारी दिएको छ । डिप बोरिङ्ग जडान काम सकिएपछि देउती टोलमा खानेपानी र सिँचाईमा विशेष सुविधा पुग्ने छ । यस्तै छिन्चु बजारमा उक्त डिपबोरिङ्गको पानी ट्याकीमा राखेर वितरण गरिने भएको छ । छिन्चु खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष धर्मराज खड्काले वडा नम्बर १२ को पहलमा जडान कार्य सम्पन्न भएको डिपबोरिङ्गको पानी समितिको ट्याकीमा जम्मा गरि वितरण गरिने बताउनुभयो । पहिलो चरणको डिपबोरिङ्ग खन्ने, भुमिगत पानी तान्ने कार्य सम्पन्न भएकोले अव ठेकेदारले छिटै मोटर, ट्रान्समिटर जडान गरि पानी ट्याकीमा खसाउने तयारी भएको खड्काले भन्नुभयो । देउती टोलमा सिँचाई र खानेपानीका लागि खनिएको डिपबोरिङ्गले वडा नम्बर १० र १२ मा राहात दिने अपेक्षा गरिएको छ ।


यस अघि आयोजनाले भेरीगंगाको वडा नम्बर ९,८ र ६ मा १३ वडा डिपबोरिङ्ग जडान सुरु गरेको थियो । वडा कार्यालयको पहल र प्रयासमा भेरी बबई ड्राईभर्सनबाट वडा नम्बर ९ मा ६ वटा डिपबोरिङ्ग वडा, टोलहरुमा सहज खानेपानी वितरणमा सुरु भएको छ । भेरीबबई ड्राईभर्सन आयोजनाले वडा नम्बर ९ वडामा ६ वटा डिपबोरिङ्ग जडान थालेको छ । भेरीगंगा वडा नम्बर ८ मा २ वटा र वडा नम्बर ६ मा ५ वटा डिप बोरिङ्ग जडान कार्य सूरु भएको हो ।

कोहलपुर सुर्खेत रत्नराजमार्ग दुई लेन बन्दै

0

सुर्खेत, चैत ८ – कोहलपुर–सुर्खेत सडक खण्ड दुई लेनमा विस्तार हुने भएको छ । निर्माण भएको लामो समयसम्म पनि स्तरोन्नति हुन नसकेको रत्नराज मार्गको क्षेत्र निर्धारण र कार्यसूची (टिओआर) स्वीकृत भएसँग वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) अन्तिम चरणमा पुगेको हो ।

सङ्घीय सडक विभाग अन्तर्गत रहेको विकास सहायता कार्यान्वयन महाशाखाले राजमार्ग स्तरोजन्नतिका लागि तयार पारिएको इआईए प्रतिवेदनमाथि प्रभावित क्षेत्रका बासिन्दाको राय, सुझाव लिने काम सम्पन्न भएसँगै स्तरोन्नतिका लागि काम अगाडि बढ्ने भएको हो । प्रभावित क्षेत्रका नागरिकको राय सुझावका आधारमा इआइए प्रतिवेदनलाई अन्तिम रूप दिन लागिएको आयोजनाले जनाएको छ । महाशाखाद्वारा जारी सूचनामा कोहलपुर–सुर्खेत–बाङ्गे सिमल खण्डमा पर्ने ९० दशमलव ७५ किलोमिटर सडक खण्डलाई दुई लेनमा कालोपत्रे सडकमा स्तरोन्नति गर्नका क्षेत्र निर्धारण र कार्यसूची स्वीकृत भएपछि वातावरण संरक्षण ऐन २०७६ को दफा ३ को उपदफा ५ बमोजिम आयोजना कार्यान्वयनबाट प्रभावित हुने क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारीको लागि आयोजना प्रभावित क्षेत्रका स्थानीय समुदाय, जनप्रतिनिधि, वन उपभोक्ता समूह र सरोकारवालाहरूको आवश्यक राय सुझाव माग गरेको थियो । चैत ३ गते सुर्खेतको वीरेन्द्रनगरमा अन्तिम सार्वजनिक सुनुवाइ गरिएको थियो । स्तरोन्नति गरिने ट्रया्कमा क्यारिज वे ७ मिटर रहने छ भने, सडकको चौडाइ दुवैतर्फ साढे एक मिटर विस्तार हुनेछ ।

प्रतिघण्टा ४० किलोमिटरको गतिमा सवारी चलाउन मिल्ने गरी हालको सडकलाई विस्तार गरी क्षेत्राधिकार ५० मिटरको बनाइने उल्लेख छ । सडकका लागि आवश्यक पर्ने जग्गा यस अघि नै नेपाल सरकारले भोग चलन गरी सकेको छ । बाँके, बर्दिया राष्ट्रिय निकुञ्ज, चुरे क्षेत्र र विभिन्न सामुदायिक वन क्षेत्रका करिब १० हजार रुख कटान कटान हुनेछ । सडकको मापदण्ड कस्तो हुने र वातावरणमा कम असर पर्ने गरी कसरी काम गर्ने तथा अहिले नै चार लेनमा सडक विस्तार गर्ने की नगर्ने विषयमा सार्वजनिक सुनुवाइमार्फत राय मागिएको परामर्शदाता बि सी एल एसोसियट्स को जेभीका प्रतिनिधि प्रकाश घिमिरे बताउनुभयो । उहाँका अनुसार वातावरणमा प्रभाव नपर्ने गरी स्थानीय स्तरमा रोजगारीको प्रत्याभूतिसहितको दिगो विकासलाई महत्त्व दिइएको छ । नयाँ विस्तार हुने सडकमा सार्वजनिक शौचालय, यात्रु प्रतीक्षालय, चार्जिङ स्टेसनहरू राखिनेछ ।

आयोजनाको कुल लागत इआईए प्रतिवेदनको अन्तिम रिपोर्टपछि मात्रै एकिन हुने घिमिरेको भनाइ छ । आयोजनाबाट लुम्बिनी प्रदेशका कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, बाँसगढी नगरपालिका र सुर्खेतको भेरीगङ्गा नगरपालिका र वीरेन्द्रनगर नगरपालिका प्रभावित हुनेछन् । कर्णालीको समृद्धिसँग जोडिएको यो सडक छिमेकी देश भारतदेखि उत्तरमा चीनसँग जोड्ने एक मात्र व्यापारिक र पर्यटकीय स्थल मार्गको रूपमा रहेको छ । यो सडक भएर कर्णालीका १० र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका नागरिकले आवतजावत गर्ने गर्दछन् ।

भेरीगंगाका मुक्त हलियाका तीन दर्जन घर अलपत्र

0
??????????????????????????????????????????????????????????

भेरीगंगा, चैत ८ – भेरीगंगा नगरपालिकाको जहरेबाट गुर्भाकोट नगरपालिकाको गुमी जाने सडकको भेरी किनार नजिकै सडक किनारको दायाँ र बायाँ लहरै ३२ वटा घरहरु बनेका छन् । मुक्त हलियाका लागि राज्यले बनाइदिएका ३२ मध्ये ३० घरहरु सात वर्षदेखि रित्तै छन् । बनेका घरमा मुक्त हलियाहरु नबस्दा जीर्ण हुँदै गएका छन् । केही घरका छाना उडेका छन् । घरभित्र मानिसहरु नबस्दा झाडी उम्रिएको छ ।

??????????????????????????????????????????????????????????

सरकारी तथ्याङ्कमा सुर्खेतमा ४५६ परिवार मुक्त हलियाहरु देखिन्छन् । ती मध्ये भेरीगंगा नगरपालिका अन्तर्गत पर्ने साबिकको मैनतडा गाविसका ३२ मुक्त हलिया परिवारका लागि सरकारले जग्गा खरिद गरेर गुर्भाकोटको गुमीस्थित भेरी किनारको समथर फाँटमा घर बनाइ दिएको हो । ‘मुक्त हलियाहरुका लागि जग्गा खोज्दै जाँदा गुमीमा सस्तोमा फेला पा¥यौं, त्यहीँ जग्गा किनेर घर बनाइदिएका हौं,’ मुक्त हलिया समाज सुर्खेतका अध्यक्ष यामराज मल्लले भने, ‘घर बनाइदियौं, बस्न कोही नआउँदा अहिले ती घरहरु जीर्ण बन्दै गएका छन्, केही घरका त छानासमेत हावाहुरीले उडाएको छ ।’खासमा जसका लागि घर बनाइएको हो उनीहरुको साबिकको मैनतडा गाविसमै आवश्यक जमिन र घरहरु छन् । उनीहरु बस्दै आएको जमिनको पुर्जा नहुँदा दर्तावाला जमिन खोजेर घर बनाइएको मल्लले जानकारी दिए । ‘उनीहरुसँग जमिनको पुर्जा नभएकाले राज्यको नीति अनुसार दर्तावाला जग्गा किनेर घर बनाउनुपर्ने बाध्यता हामीसँग थियो,’ अध्यक्ष मल्लले भने, ‘घर मात्रै भयो, त्यहाँ बसेर जीविकोपार्जन गर्ने माध्यम नभएकाले बनेका घरमा मुक्त हलियाहरु नबसेका हुन् ।’मुक्त हलियाहरुका लागि आर्थिक २०७२ सालमा यी घरहरु बनेका हुन् । राज्यले यी घर बनाउन र जग्गा खरिद गर्नका लागि एक करोड ३६ हजार रुपैयाँ खर्चिएको छ । जिल्ला मालपोत कार्यालयका अनुसार जग्गा खरिदका लागि प्रति घर दुई लाख र घर बनाउनका लागि दुई लाख २५ हजार रुपैयाँ खर्च भएको थियो । ‘हलियामुक्त कार्यक्रमनै अहिले निष्क्रिय रहेकाले पछिल्लो अवस्था के छ भन्ने हामीलाई जानकारी छैन्,’ मालपोत कार्यालय सुर्खेतका प्रमुख चेतनकुमार खत्रीले भने, ‘तथ्याङ्क हेर्दा प्रति परिवारलाई जग्गा खरिद गरेर घर बनाइदिँदा चार लाख २५ हजार रुपैयाँ खर्च भएको देखिन्छ ।’

३२ घर मध्ये दुई वटा घरमा मात्रै मुक्त हलिया छन्। झुपे कामी र लोगे कामी दुई घरमा बसेका छन्। ७० वर्ष कटेका झुपे हिँडडुल गर्न सक्दैनन्, ‘यहाँ जसका लागि घर बनाइएको हो उनीहरु सबै कमाउन कालापहाड जान्छन्,’ झुपेले भने, ‘कमाउने ठाउँ भइदिएको भए आएर बस्थे, तरकारी लगाउनेसमेत जमिन नभएकाले कोही नआएका हुन्’ ३२ मध्ये १७ घर जहरेदेखि गुमी जाने सडकको उत्तरतर्फ छन् भने बाँकी घर दक्षिणतर्फ छन् । स्थानीय लोगे कामीले बनाएका घरमा बसौं भन्दा कोही पनि मैनतडाबाट गुमी जान नमानेको बताए । ‘यहाँ जमिन र घर भएपनि त्यो ऐलानीमा बनेका छन्, सरकारले हाम्रा लागि बनाइदिएको घरमा गएर बसौं भनेर धेरै पटक सल्लाह गरेँ,’ उनले भने, ‘सागपात लाउनेसमेत ठाउँ नभएकाले त्यहाँ (गुमी)मा कोही पनि जान मान्दैनन् ।’

गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन २०७४ मा आफूहरु निर्वाचित भएर आउनुअघिनै ती घरहरु बनेको बताए । ‘घर बनेपनि त्यहाँ मुक्त हलियाहरु बस्दैनन्,’ उनले भने, ‘हलियाहरुका लागि बनाइएका घर स्थानीय सरकारले अरु प्रयोजनमा लगाउन पनि मिल्दैन्’ उनले जुन उद्देश्यका लागि घरहरु बनाइएका हुन् सोही अनुसार कार्यान्वयन गर्नका लागि सरोकारवाला निकायमा देखि पठाइएको बताए । ‘हलियाहरु नबस्ने भए ती घरहरु अरु प्रयोजनमा प्रयोग गर्न सकिन्थ्यो,’ उनले भने, ‘सरोकारवाला कार्यालयहरुबाट पत्रको जवाफ आएको छैन् ।’

शिखर माविका ७० जना विद्यार्थीलाई उद्यमशिलता तालिम

0

सुर्खेत- भेरीगंगामा ३ वर्षे वाली विज्ञान अध्ययन गर्दै आएका विद्यार्थीलाई उद्यमशीलता विकास तालिम प्रदान गरिएको छ । हेल्भेटास नेपाल इन इलम परियोजनाको सहयोगमा भेरीगंगा नगरपालिका ११ रामघाटमा रहेको शिखर माध्यमिक विद्यालयमा अध्ययनरत करिब ७० जना विद्यार्थीलाई उक्त तालिम प्रदान गरिएको हो ।

प्राविधिक शिक्षा पढेका विद्यार्थीले बेरोजगार हुने समस्यालाई मध्यनजर गर्दै उद्यम व्यवसाय गर्न उत्प्रेरणा दिनका लागी उक्त तालिम सञ्चालन गरिएको हेल्भेटास नेपाल इन इलम परियोजनाका कर्णाली प्रदेश संयोजक टेक बहादुर सिंहले जानकारी दिए । पढाई पछि रोजगारीको अवसर सिर्जना गर्नका लागी उनीहरूलाई उद्यमशीलता विकास तालिम प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक जनक सिंहले बताए । प्राविधिक पढेर पनि बेरोजगारी समस्या भएकाले विद्यालय वाटै व्यवसायी बन्न उत्प्रेरित गर्नका लागी विद्यालयले काम गर्दे आएको बताए । विद्यार्थी लाई  विद्यालय वाट व्यवसायी बनाउन तालिम सञ्चालन गरिएको समेत प्रअ सिंहको भनाई छ ।

तालिममा व्यवसाय कसरी गर्ने, व्यवसायीक योजना, व्यवसाय वाट कसरी नाफा लिने विषयमा तालिम प्रदान गरिएको प्रशिक्षक देवेन्द्र अधिकारीले जानकारी दिए । तालिम पहिलो र दोस्रो चरण गरी  फागुन २९ गतेबाट सुरु भएर चैत ७ गते मंगलवार सम्पन्न भएको हो ।

रामघाट हुँदै लेकबेशी नगर जाने सडक स्तरोउन्नती गरिदै

0

लेकबेशी, चैत ८ -सुर्खेत लेकबेशी नगरपालिकाले भेरीगंगा १३ रामघाटस्थित भेरी नदिको झोलुंगे पुलबाट लेकबेशी नगरपालिका कार्यालयसम्मको बाटो विस्तार सूरु गरेको छ । नगरपालिकाले नगरपालिका कार्यालयदेखि मदन भण्डारी लोकमार्ग हुँदै भेरीगंगाको रामघाट झोलुंगे पुल सम्म सडक मर्मत, विस्तार र नाला निर्माण सूरु गरेको हो ।

भेरीगंगा नगर क्षेत्रबाट लेकबेशी नगरपालिका प्रवेश गर्ने उक्त सडक स्तरीय र मर्मत नहुँदा आवतजावतमा समस्या रहेको थियो । नगरपालिकाको १५ लाख लगानीमा सडक चौडा, नाला निर्माण र ग्रावेल राखी रोलर लगाउन सूरु भएको लेकबेशी नगरपालिकाका मेयर उमेश कुमार पौडेलले बताउनुभयो । सडक निर्माण कार्य सम्पन्न भए मोटटरसाईकल, अटोरिक्सा र सर्वसाधरणलाई रामघाट हुँदै नगरपालिका आउन सहज हुने विश्वास गरिएको छ ।

उक्त सडक स्तरोउन्नती नहुँदा नगरका कर्मचारी, दुवै पालिकाका नगरबासी र आवतजावत गर्नेले दुख झेल्दै आएका थिए । उक्त सडक निर्माणले आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

जनज्योति मावि झिङ्गनी विव्यसमा पठे वली

0

सृजना बारघरे, सुर्खेत -भेरीगंगा नगरपालिका वडा नम्बर ६ स्थित झिङ्गनीमा रहेको श्री जनज्योति माद्यामिक बिधालयको ब्यबस्थापन समिति अध्यक्षमा पठे वली सर्बसम्मत चयन हुनुभएको छ । पटक पटक बसेको अभिभावक भेला र अर्धसमितिले अध्यक्षमा वलीलाई नै बिद्यालय ब्यबस्थापन समितीको अध्यक्षमा चयन गरिएको हो ।


यहि भदौ १० गतेका दिन बसेको अभिभावक भेला तथा निरन्तर प्रतिनिधिमुलक बसाई पश्चात विव्यवस तथा शिक्षक अभिभावक संघ गठन कार्य सम्पन्न भएको थियो । बिब्यस अध्यक्ष पठे वलीलाई ब्यबस्थापन समितिको अध्यक्षमा सर्बसम्मतबाट चयन गरिएको हो । आफु अध्यक्षमा चयन गर्ने सबैमा धन्यवाद दिदै बिद्यालयका शैक्षिक र भौतिक निर्माणसंगै परिवर्तन बिधालय प्रशासनलाई विशेष तरिकाले निति र विधि अनुरुप शैक्षिक सुधार गर्दै लिने उहाँले बताउनु भयो । वडाअध्यक्ष लालसिङ्ग बुढाथोकीको अध्यक्षतामा बसेको अभिभावक भेलाबाट अध्यक्षमा वली, सदस्यहरुमा तारा गिरी, पुर्णबहादुर बुढाथोकि, डिलसरा खत्री, मानकुमारी घर्ती, लालसिङ्ग बुढाथोकी, अमृता बिक, शिक्षक प्रतिनिधिबाट गणेश ओली, सदस्य सचिबमा प्रअ मानबहादुर ओलि रहनु भएको छ । यस्तै शिक्षक अभिभावक संघ अध्यक्षमा नबिनकुमार शाह र सदस्यहरु रबि बस्याल, सिता परियार, रणबहादुर राना, बिनोद कार्की, गौमाया खत्री, शिक्षबाट सिता थापा, राजकुमार गिरी, पदेन सदस्य प्रअ मानबहादुर ओली तथा सदस्य सचिब शिक्षक टेकबहादुर खत्री लाई चयन गरिएको बिधालायले जानकारी दिएको छ । प्रध्यानाध्यापक स्वत सदस्य सचीवमा रहने प्राबधानमा रहेको हुदा प्रध्यानाध्यापक मानबहादुर वलि रहनु भएको छ ।

नवगठित बिब्यस तथा शिअसका सम्पुर्ण पदाधिकारीहरुले कार्यकाल सूरु गरेका छन् ।
विव्यस अध्यक्ष वलीले आफ्नो कार्यकालमा अपुरा र अधुरा कामलाई पूरा गर्दै बिधालयलाई थप स्तरीय बनाउनमा आफू लाग्ने भन्नुभयो । उक्त बिद्यालयमा बालबिकासदेखि कक्षा १२ सम्म संचालन हुँदै आएको छ ।

गुर्भाकोटमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्बन्धी अन्तरक्रिया सम्पन्न

0
हुमबहादुर कार्की, सुर्खेत- गुर्भाकोट नगरपालिका वडा न: २ मा हर प्रहर गाउँ र नगरी , टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ समुदाय-प्रहरी साझेदारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
प्रहरी चौकी मालारानी र गुर्भाकोट वडा नम्बर २ को संयुक्त आयोजनामा गैरिबजार मा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रहरी सहायक हवल्दार ओम प्रकाश खड्काले सुरक्षित र सभ्य समाज निर्माण गर्ने सबैको चाहना अनुरुप प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रम ल्याएको बताए। अपराधको प्रवृत्ति बढ्दो क्रम लाई अन्त्य गर्न तथा सामाजिक विकृत्ति र विसंगति लगायतका चुनौति सामना गर्न प्रहरी र समुदाय एकताबद्ध भएर लागेमा अपराध नियन्त्रण गर्न सकिने उनले उल्लेख गरे । यसैगरी प्रहरी जवान गणेशमान खड्काले समुदाय-प्रहरी साझेदारी कार्यक्रमले समाजमा दिगो शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
उक्त्त कार्यक्रम सन्चालन ले गाउँ मा हुने गरेका बिकृती चोरी डकैती लगायत अपराधजन्य कार्य नियन्त्रण सङ्गै नेपाल प्रहरी र समुदाय बिच राम्रो सम्बन्ध हुने स्थानियहरु को बिश्वास रहेको बताए ! कार्यक्रममा विभिन्न स्थानीय निकायका पदाधिकारीहरु, समाजसेवीहरु लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो

गुर्भाकोट बहुमुखी क्याम्पस स्ववियु सभापतिमा गोपाल खड्का

0

अम्मर राजवंशी, चैत ५ -गुर्भाकोट नगरपालिका वडा नम्बर ९ सहारेमा अवस्थित गुर्भाकोट बहुमुखी क्याम्पस सहारेको स्ववियु निर्वाचनबाट सभापतिमा गोपाल खड्का सर्बसमत निर्बाचित हुनु भएको छ । आईतबारस्ववियु निर्वाचनमा गुर्भाकोट बहुमुखी क्याम्पसका विद्यार्थी संगठन विच सर्वसहमतिमै पदाधिकारी चयन भएको छ ।


जसमा स्ववियु सभापतिमा गोपाल खड्का निर्वाचित भएका छन् । यस्तै उपसभापतिमा मन्जु बुढा मगर, सचिवमा अम्मर बहादुर वलि , सहसचीवमा अन्जना खत्री, कोषाध्यक्षमा रिम बहादुर थापा रहनु भएको छ । यस्तै सदस्यहरुमा साबित्रा डाङ्गी, कविता खत्री, यसोदा घर्ती, भिमबहादुर डाङ्गी, यामराज घर्ती, निर्मला खत्री, साबित्रा खड्का, चन्द्रा कुमारी बुढा, अस्मिता खत्री, युबराज बुढा रहनु भएको छ ।

क्याम्पसको प्रत्यक्षतर्फ ८, समानुपातिकतर्फ ७ जना गरि १५ जना सदस्यीय नयाँ कार्यसमिति रहको निर्वाचन मण्डल संयोजक गोबिन्द भट्टराईले जानकारी दिए ।

मृगौला पीडित अमृता नेपालीको उपचारमा आर्थिक समस्या

0

सृजना बारघरे, फागुन २९- मृगौला रोगबाट लड्दै आउनुभएकी भेरीगंगा ६ निवासी अमृता नेपाली बचाउ अभियान सुरु भएको छ । उपचारमा आर्थिक समस्या भएपछि मृगौला रोग पीडित नेपालीको उपचारका लापग आर्थिक संकलन सूरु भएको हो ।


भेरीगंगा ६ सुर्खेत बस्ने हरीबहादुर नेपालीको श्रीमती ३७ बर्षीय अमृता नेपाली बिगत लामो समयदेखि मृगौलाको बिरामी हुदै आएको र हाल आएर उहाँको दुबै मृगौला फेल भई स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । उहाँको उपचारमा आर्थिक समस्या रहेको पति हरिबहादुरले बताउनुभयो । हाल उहाँको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भैरहेकोले उहाँको थप उपचार गर्नको लागि आर्थिक समस्या भएको हो । परिवारको आर्थिक हैसियतले नसक्ने भएकोले उहाँको जीवन रक्षाको लागि सक्दो आर्थिक सहयोग गरिदिनुहुन आग्रह गर्दै अभियान समेत चलिरहेको छ ।


उपचारमा आर्थिक सहयोग गर्न परिवारजनले देशबिदेशमा रहनुहुने मनकाकारी दाताहरूमा आग्रह गरेका हुन् । सहयोग गर्न चाहानु हुने महाभाबहरुले कुमारी बैकको खाता नम्बर २२७०१९२३४३५००००१ तथा मोबाईल बैकिङ्गका लागि ९८४८१३४८५९ मा सम्पर्क गर्न सक्ने छन् ।