संविधानले धार्मिक एकता र स्वतन्त्रताको सन्देश दिएको छः खड्का

0
231

सुर्खेत, चैत २६- उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालको संविधानले धार्मिक एकता र धार्मिक स्वतन्त्रताको सन्देश दिएको बताउनुभएकोे छ । विगतका सरकारले विभिन्न चाडपर्व कटौती गर्दा अन्य धार्मिक चाडपर्वहरु समेत कटौती भएपनि अहिले भने सबै धर्मका राष्ट्रिय पर्वमा विदा दिएको बताउनुभएको हो ।

इसाइ धर्मावलम्बीहरुले गुर्भाकोटको मेहेलकुनामा आयोजना गरेको पुनरुत्थान महोत्सव २०७९ कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले यस्तो बताउनुभएको हो । पुर्वी इसाई एकता समाज सुर्खेतको आयोजनामा संचालित महोत्सवमा खड्काले सबै धार्मिक व्यक्तिलाई आआफ्नो धर्म, चाडपर्व र सस्कार मान्न स्वतन्त्रा रहेको उल्लेख गर्दै नेपालमा धार्मिक सहिष्णुता, एकताको देश भएको उल्लेख गर्नुभयो । इसाई समुदायले भव्यताका साथ आज पुर्वी येशु ख्रीष्टको पुनरुत्थान दिवस मनाएका छन् ।


संसारका मुक्तिदाता येशू मृत्युवाट बौरी उठ्नु भएको इस्टर तथा पुनरुत्थान उत्सवको अवसरमा पुनरुत्थान दिवस मनाएका हुन् । कार्यक्रममा कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण जिसी, सुर्खेत क्षेत्र नम्बर १ क प्रदेश सांसद खड्कप्रसाद पोख्रेल लगायतले सम्बोधन गर्नुभएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here