सुर्खेत, जेठ १२ -सुर्खेतको गुर्भाकोट नगरपालिका–८ खटाङ्गमा निर्मित शुभघाट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट नगरका चार वडाका तीन हजार घरधुरी लाभान्वित भएका छन् । ७२ करोड लागतमा निर्माण सम्पन्न भएको आयोजनाले गुर्भाकोट नगरका वडा नम्बर ६,७,८ र ९ वडामा दुई हजार ९५० घरधुरीमा शुद्ध खानेपानी विस्तार गरेको हो ।
शुभघाट खानेपानी सस्थाले ६ वटा खानेपानी ट्याकी निर्माण गरि तीन हजार घरधुरीमा शुद्ध पिउने पानीको धारा विस्तार गरि खानेपानी पुर्याएको हो । सस्थाले चार वटा वडाका ३ हजार २५१ घरधुरीमा पिउने पानी पुर्याउने लक्ष्य रहेको छ । चार वटा वडामा घरघरमा शुद्ध पिउने पानी पुर्याउन सस्थाले वडा नम्बर ८ को खटाङ्ग, खानीडाडा, वडा नम्बर ६ को बडाखोली, वडा नम्बर ९ को बोटेचौमरा ३ वटा ट्याकी निर्माण गरिएको शुभघाट शहरी खानेपानी आयोजना अध्यक्ष तथा नगर उपप्रमुख मैना विकले जानकारी दिनुभयो । शुभघाट शहरी खानेपानी आयोजनाभित्र दर्जनौ पूर्वाधार निर्माण भई गत भदौ महिनादेखि नियमित खानेपानी वितरण भैईरहेको छ । गुर्भाकोट नगरको वडा नम्बर ६,७, ८ र ९ वडाका दुई हजार ९५० घरधुरी लाभान्वित भएकोमा अन्य तीन सय घरधुरीमा पुर्याउने तयारी भईरहेको उपप्रमुख मैना विकले भन्नुभयो ।
आयोजनाबाट खानेपानीका लागि तीन हजार २५१ जनाले धाराको माग गरेपनि अहिले करिव तीन हजार घरधुरी लाभान्वित भैईसकेका छन् । ७२ करोडको उक्त आयोजना निर्माणका लागि ठेकेदारले ६२ करोड ४८ लाख ९२ हजार ७१५ मा ठेक्का लिएको थियो । गएको बैशाखमा निर्माण कार्य सुरु भई परीक्षण गरिएको खानेपानी आयोजनाले भदौ महिनादेखि नगरका ४ वडामा पानी पुर्याएको छ । अहिलेपनि खानेपानी आयोजनाको वितरण, सप्लायर्स, मर्मत र महशुल संकलन निर्माणा कम्पनीले गरिरहेको छ । निर्माण सम्पन्न भएको एक बर्षपछि निर्माण कम्पनीले आयोजना उपभोक्ता सस्थालाई हस्तान्तरण गर्ने छ । ६२ करोडको संरचना निर्माणका लागि विभागले टेण्डर आवाहन र छनोट गरि निर्माण व्यवसायी आशिष सिएबि प्रेरा जेभिले काम पाएको थियो ।
योजनाभित्र निर्माण व्यवसायले सम्पबेल, पम्पीङ्ग स्टेशन, ट्रिटमेन्ट प्लान्ट, स्काडा सिष्टम, गार्ड हाउस, जेनेरेटर हाउस, अफिस बिल्डीङ्ग, खानेपानी ट्याङ्की, पाईपलाईन, सार्वजनिक शौचालय, बाटो, तारवार निर्माण भएको छ । एसियाली विकास बैकको अनुदान सहयोगमा नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत ऋण र उपभोत्तब्mाको ५ प्रतिशत लागत सहभागीतामा काम सम्पन्न भएको हो । सस्थाले निर्माण कम्पनीले आयोजना सस्थालाई हस्तान्तरण गरेपछि साधरणसभा गरि खर्च विवरण सार्वजनिक गर्ने भएको छ । यस्तै साधरण सभाबाटै नँया कार्यसमिति निर्माण गर्ने तयारी समेत गरेको छ ।