शुभघाट शहरी खानेपानीको लागत ६२ करोड

0
166

सुर्खेत, पुष १ -गुर्भाकोट नगरपालिका–८ खटाङ्गमा निर्मित शुभघाट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कुल लागत ६२ करोड रहेको छ । शुभघाट शहरी खानेपानी आयोजनाभित्र दर्जनौ पूर्वाधार निर्माणभित्र सार्वजनिक शौचालय निर्माणमा उक्त रकम खर्च भएको शुभघाट शहरी खानेपानी आयोजना अध्यक्ष तथा नगर उपप्रमुख मैना विकले जानकारी दिनुभयो ।

आयोजनाको कुल लागत ६२ करोड ४८लाख ९२ हजार ७१५ रहेको छ । ४३ लाखमा बनाएको सार्वजनिक शौचालयको फोटो हालेर भ्रम छरिएको अध्यक्ष तथा उपमेयर विकले भन्नुभयो । ६२ करोडको संरचना निर्माणका लागि विभागले टेण्डर आवहन र छनोट गरि निर्माण व्यवसायी आशिष सिएबि प्रेरा जेभिले काम पाएको थियो । योजनाभित्र निर्माण व्यवसायले सम्पबेल, पम्पीङ्ग स्टेशन, ट्रिटमेन्ट प्लान्ट, स्काडा सिष्टम, गार्ड हाउस, जेनेरेटर हाउस, अफिस बिल्डीङ्ग, खानेपानी ट्याङ्की, पाईपलाईन, सार्वजनिक शौचालय, बाटो, तारवार निर्माण भएको थियो । आयोजनाको काम निर्माण व्यवसायीले क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय, परामर्शदाता इटेको युनेक जेभि र खानेपानी सस्थाको निगरानी र स्वीकृतमा गरेको हुँदा काम मापदण्ड र डिजाईन अनुसार भएको सस्थाको दावी छ ।

आयोजना एसियाली विकास बैकको अनुदान सहयोगमा नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत ऋण र उपभोत्तब्mाको ५ प्रतिशत लागत सहभागीतामा काम सम्पन्न भएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here