सुर्खेत- भेरीगंगामा ३ वर्षे वाली विज्ञान अध्ययन गर्दै आएका विद्यार्थीलाई उद्यमशीलता विकास तालिम प्रदान गरिएको छ । हेल्भेटास नेपाल इन इलम परियोजनाको सहयोगमा भेरीगंगा नगरपालिका ११ रामघाटमा रहेको शिखर माध्यमिक विद्यालयमा अध्ययनरत करिब ७० जना विद्यार्थीलाई उक्त तालिम प्रदान गरिएको हो ।

प्राविधिक शिक्षा पढेका विद्यार्थीले बेरोजगार हुने समस्यालाई मध्यनजर गर्दै उद्यम व्यवसाय गर्न उत्प्रेरणा दिनका लागी उक्त तालिम सञ्चालन गरिएको हेल्भेटास नेपाल इन इलम परियोजनाका कर्णाली प्रदेश संयोजक टेक बहादुर सिंहले जानकारी दिए । पढाई पछि रोजगारीको अवसर सिर्जना गर्नका लागी उनीहरूलाई उद्यमशीलता विकास तालिम प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक जनक सिंहले बताए । प्राविधिक पढेर पनि बेरोजगारी समस्या भएकाले विद्यालय वाटै व्यवसायी बन्न उत्प्रेरित गर्नका लागी विद्यालयले काम गर्दे आएको बताए । विद्यार्थी लाई  विद्यालय वाट व्यवसायी बनाउन तालिम सञ्चालन गरिएको समेत प्रअ सिंहको भनाई छ ।

तालिममा व्यवसाय कसरी गर्ने, व्यवसायीक योजना, व्यवसाय वाट कसरी नाफा लिने विषयमा तालिम प्रदान गरिएको प्रशिक्षक देवेन्द्र अधिकारीले जानकारी दिए । तालिम पहिलो र दोस्रो चरण गरी  फागुन २९ गतेबाट सुरु भएर चैत ७ गते मंगलवार सम्पन्न भएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here