शिक्षा, स्वास्थ्य, भौतिक विकासमा जोडः पोखरेल

0
183

जेवि सुनार कार्तिक १३ सुर्खेत- आसन्न मंशीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागी पुर्वी सुर्खेतका निर्वाचन क्षेत्रहरुमा उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्र पारेका छन । यसै सिलसीलामा सुर्खेत निर्वाचन क्षेत्र नं. १ अन्तरगत प्रदेश सभा क मा सत्ता गठबन्धनका साझा उम्मेदवार खड्क बहादुर पोखरेल घरदैलोमा व्यस्त हुनु हुन्छ ।


घर दैलोको क्रममा आफुसंग जनताले अहिले नै विकासका कुरा नगरेको उल्लेख गर्दै पहिला विजयी हुनु होस भनेर शुभकामना दिएको बताउनु भयो । रेडियो विजीसंग कुराकानी गर्दै उम्मेदवार पोखरेलले आफ्नो क्षेत्र भौगोलिक हिसावले दुई भाग सिम्ता र गुर्भाकोट सुगम र दुर्गममा विभक्त भएको बताउदै दुई विभक्त भुगोललाई एकतामा जोड्ने बताउनु भयो । आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य लगाएत भौतिक संरचनाको विकासमा जोड दिने उहाले उल्लेख गर्नु भयो ।

सडक र सिचाईको आवश्यकतालाई परिपुर्ती गर्ने गरी आफुलाग्ने बताउदै वहाले चुनाव जितेर जनताको घरदैलोमा नआउने विगतका गुनासाहरुलाई आफुले नदोहो¥याउने बाचा गर्नु भयो । सत्ता गठबन्धनमा आवद्ध दलहरुको आफुलाई सहयोग भैरहेको र आगामी चुनाव सम्मै सहयोग रहनेमा कुनै संका नगरेको उहाले बताउनु भयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here