विपन्न घरपरिवारलाई निशूल्क स्वास्थ्य विमा गर्दै गुर्भाकोट

0
673

गुर्भाकोट, पुष १९ -गुर्भाकोट नगरपालिकाले नगरभित्रका अति विपन्न र गरिव परिवारका लागि निशूल्क स्वास्थ्य बीमा गर्न सूरु गरेको छ । बार्षिक स्वास्थ्य बीमा गर्नम्म आर्थिक श्रोत नभएका परिवारका लागि नगरपालिकाले आफै रकम तिरेर स्वास्थ्य बीमा सूरु गरेको हो ।


नगरका १४ वडाका लागि बीमा कार्यक्रम दर्ता सहयोगी जनशक्तिलाई तालिम प्रदान गरेपछि नगरपालिकाले बिपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरेको हो । उक्त कार्य गर्नको लागि नगरपालिकाको स्वास्थ्य शाखाले विमा दर्ता सहयोगीहरुको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको नगर प्रमुख हस्त पुनले बताउनुभयो । बिमा कार्यक्रम दर्ता सहयोगी १४ वडाका लागि १४ जना जनशक्ति परिचालन गरिएको छ । नगरले वडा वडाबाटै विपन्न परिवारको स्वास्थ्य बीमा फाराम र प्रक्रिया गर्ने भएको छ । स्वास्थ्य बीमा गरेपछि परिवारका सबै सदस्यहरुले बार्षिक निशूल्क उपचार पाउने गरि बीमा गरिएको छ । कर्णाली प्रदेशमा पहिलो पटक नगरपालिकाले आफ्नै लगानीमा स्वास्थ्य बीमा बनाउन थालेको हो ।


नगरपालिकाले चालू आर्थिक बर्षमा नगरको निति, कार्यक्रममै विपन्न परिवारका लागि निशूल्क स्वास्थ्य बीमा गर्न बजेट विनियोजन गरिएको थियो । नगर स्वास्थ्य शाखाको नेतृत्वमा वडा कार्यालयसंगको सहकार्यमा स्वास्थ्य बीमा बनाउन थालिएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here