लेकबेशी, बैशाख ४ -लेकबेशी नगरपालिका कल्याण सुर्खेत नगरक्षेत्रका विद्यालयको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरि घरटहरा बनाउने र अवैध कारोवार गर्नेलाई हटाउने भएको छ । नगरकार्यपालिकाको बैठकले नगरका सामुदायिक विद्यालयको जग्गा क्षेत्रमा घरटहरा बनाई व्यापार गर्नेलाई हटाउने निर्णय गरेको हो ।
गएको बैशाख ३१ गते लेकेबेशी नगरपालिकाले सूचना जारी गर्दै नगरकार्यपालिकाले विद्यालय क्षेत्रका अवैध संरचना र व्यापार हटाउने भन्दै ईलाका प्रहरी कार्यालय लेकबेशी हिलेसोतालाई समेत पत्रचार गरेको छ । पछिल्लो समयमा लेकबेशी नगरपालिका वडा नम्बर ६ स्थित श्री सरस्वती माध्यामिक विद्यालयको आफ्नो मातहतमा रहेको जग्गाको स्वायली बजारको तल्लो भागको सुवेदी खोलादेखि कुईरे जाने बाटोसम्म घर बनाई विद्यालय स्वामित्वको जग्गामा पसल गरि बंगुर पालन गर्ने, मदिरा बेचबिखन गर्ने गरि बाटोसम्म घर बनाई विद्यालयलाई असर पारेको र विद्यालयले पटक पटक सो नगर्ने पत्रचार र अनुरोध अटेरी भएकोले नगरको अग्रसरतामा हटाईने थालिएको नगर प्रमुख उमेशकुमार पौडेलले बताउनुभयो । विद्यालयको स्वामित्वपको जग्गा खाली गर्ने भन्दा अटेर गरेकोले उनीहरुलाई त्यहाबाट घर टहरा हटाउनका लागि सहजीकरण गरिदिन नगरपालिकालाई अनुरोध भएकोले नगरकार्यपालिकाको निर्णयबाट विद्यालय क्षेत्रका अवैध संरचना र व्यापार हटाउन सूरु भएको मेयर पौडेलले भन्नुभयो । नगरकार्यपालिकाले विद्यालय मातहतको क्षेत्रमा रहेको विद्यालय हाताभित्र रहेको घर टहरा हटाउन ७ दिने सार्वजनिक सूचना जारी गरेको छ । उक्त समाय अवधिभित्र घरटहरा नहटाएमा प्रहरीको सहयोग लिई क्षतीपुर्ती सम्बन्धित व्यक्तिबाट असुर उपर गरिने हुदा संरचना हटाउन नगर कार्यपालिकाले निर्णयसहित सूचना जारी गरेको छ ।
निमित प्रमुख प्रशासकिय अधिकृत नारायणदत्त तिवारीद्धारा हस्ताक्षर सूचना मार्फत उक्त विद्यालयका अवैध संरचना र व्यापार हटाउन भनिएको छ । एक साताभित्र खाली नभए प्रहरीको सहयोग लिई बलपूर्वक हटाउने नगरपालिकाले जनाएको छ । लेकबेशी नगरका सबै वडाका सामुदायिक विद्यालय क्षेत्रमा भएको अतिक्रमण, अवैध व्यापार हटाउने र घरटहरा भत्काउने नगरपालिकाले तयारी गरेको छ ।