वडाको नेतृत्वमा जहरेबजारमा सरसफाई सम्पन्न

0
149

सुर्खेत, पुष २ -भेरीगंगा नगरपालिका अन्तर्गत साविक मैनतडाको ठुलो जहरेबजारमा शनिबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । भेरीगंगा वडा नम्बर ९ वडाकार्यालयको आयोजना र जहरे बजार व्यवस्थापन समितिको समन्वयमा सरसफाई सम्पन्न भएको हो ।

विहान ८ बजेदेखि १० बजेसम्म जहरेबजारको दाँयाबाया सरसफाई भएको वडाअध्यक्ष प्रेमबहादुर आग्रीले बताउनुभयो । बजारको पश्चिममा बेम्बो कटेजदेखि पुर्वमा नेरा माविसम्म सरसफाई गरिएको थियो । सरसफाईमा वडासदस्यहरु, बजार व्यवस्थापन समिति पदाधिकारीहरु, व्यवसायी, नेपाल प्रहरी, ट्राफिक प्रहरील, संचारकर्मी लगायतको सहभागीता रहेको थियो ।

सहभागीले हात हातमा झाडु लिएर सरसफाई गरेका थिए । सरसफाईका क्रममा बजारको सडक क्षेत्रमा मोटरसाईकल, अटो वर्कसप, ग्रिल उद्योग, अटोरिक्सा र ठेला व्यापारीबाट जथाभावी फोहोरमैला फाल्ने, व्यवसायीय कार्य गरेको भेटिएको हटाउन आग्रह गरिएको वडासदस्य ईश्वरप्रसाद पोखरेलले बताउनुभयो ।

बजारमा प्लाष्टिकजन्य फोहोरमैला अत्याधिक भेटिएको थियो । जहरेबजारमा व्यापारी र घरधनीले फोहोरमैला नालीमा फाल्दा नालीको पानी सडकमा आउन थालेको भन्दै वडाकार्यालयको ध्यानकर्षण गराएको थियो ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here