वडाअध्यक्ष डाङ्गीको पहलमा आसिराम कामीले नँया घर पाए

0
721

हुमबहादुर कार्की, बैशाख ४- घरमा आगलागीबाट घरबाँस विहिन भएका गुर्भाकोट नगरपालिका वडा न ४ कोपढुङ्गाका आसिराम कामीले वडाअध्यक्षको पहलमा नँया घर निर्माण गरिएको छ । एक महिनैमा नँया घर पाएपछि आगलागी पिडित आसिराम परिवारमा खुशी समेत छाएको छ ।

गएको चैत १५ गते आगलागी भई पुर्ण रूपमा क्षती भए घरविहिन बनेका कामीको गुर्भाकोट वडा नम्बर ४ का वडाअध्यक्ष रामबहादुर डाङ्गीको पहलमा दुई तले नँया घर निर्माण भएको हो । विभिन्न क्षेत्रको सहयोगमा एक लाख ६० हजार दुई रुपैँयामा घर निर्माण गरि हस्तान्तरण गरिएको वडाअध्यक्ष डाङ्गीले जानकारी दिनुभयो । घर निर्माणमा गुर्भाकोट नगरपालिका, जिल्ला प्रशासन कार्यलय सुर्खेत, अनुग्रह चर्च मेहेल्कुना, ईलाका बन कार्यलय घारीमेहेल्कुना लगायत विभिन्न व्यक्तिबाट सहयोग प्रदान भएको डांगीले भन्नुभयो ।


वडाअध्यक्ष डाङ्गीले कामीको घर आगलागी भएदेखि नै उनको परिवारलाई खाद्यन्न, लत्ताकपडा र पाललगायतको सहयोग गरिएको थियो । सोमबार जस्तापाता, काठ, ढुङ्गा र माटोबाट निर्मित नँया घर पाएपछि आसिराम परिवार दंग परेका छन् । उनीहरुले वडाअध्यक्ष डाङ्गी, वडाका जनप्रतिनिधी, कर्मचारी र नगर प्रमुख, उपप्रमु्खलाई धन्यवाद दिएका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here