वडाअध्यक्ष जिते स्वर्गीय दाजुको सपना पुरा गर्छुः सम्झना कार्की

0
1154

दिलिप ढकाल, भेरीगंगा वैशाख २०- देश संघिय संरचनामा गएपश्चात २०७४ सालमा पहिलो पटक भएको स्थानिय तहको निर्बाचनमा निर्बाचित जनप्रतिनिधिहरुको पाच बर्से कार्यकाल सकिनै लाग्दा यतिबेला सबै स्थानिय तहमा चुनाबी माहोल सुरु भएको छ । यहि स्थानिय तहको निर्बाचनमा वडाअध्यक्ष पदामा उमेद्वारी दिएकि छिन सम्झना कार्कीले । सम्झनाले स्थानीय तहको निर्बाचनमा नेकपा माओबादी केन्द्रबाट भेरिगंगा नगरपालिकाको वडा नम्बर १ को वडाअध्यक्षको लागि आफ्नो उमेद्वारी दर्ता गराएकी छन् ।

२०५३ सालमा बुवा पिदबहादुर कार्की र आमा सुक्मा कार्कीको कोखबाट साबिक लेखपराजुल २ भर्र्याङ्मा जन्मियकी सम्झना सानैदेखि शान्त स्वभावकी थिईन् । गाउँकै बिधालयबाट एसएलसी पास गरेकी सम्झनाले हाल स्नातक लेभलको पढाई पुरा गरेकी छिन् । चार सन्तान मध्येकि कान्छी हुन् सम्झना । सामान्य परिवारमा हुर्केकी सम्झना २०७३ साल देखि माओबादि केन्द्रको सक्रिय सदस्यको रुपमा पार्टीमा खुलेर लागेकी थिईन् । उनि भन्छिन, भेरिगंगा नगरपालिका वडा नम्बर १ मा सडक, खानेपानी, विद्युत सडक लगायतका पूर्वाधारको धेरै समस्या छ । यदि मलाई जनताले बिस्वास गरेर जिताउनु भयो भने जनताको सानोसानो समस्या खोजिखोजि जनताकै हितमा कम गर्नेछु । भेरिगंगा नगरपालिका वडा नम्बर बाट २०७४ सालको स्थानीय तहको निर्बाचनमा नेकपा माओबादीको तर्फबाट वडाअध्यक्षमा निर्बाचित दाजु नबराज कार्कीको २०७८ फागुन ८ गते सवारी दुर्घटनामा परि उनको मृत्यु भयो । विपरीत दिशाबाट आएको गाडीसँग नवराज सवार मोटरसाइकल ठोक्किएको थियो ।

२५ बर्षको उमेरमै राजनीतिमा होमिएकी सम्झना भन्छिन्ः दिवंगत दाई नबराज कार्की दाजुका अधुरो सपना पूरा गर्ने छु । उनका दाई नबराज पनि २०७४ को स्थानीय तहको निर्बाचन हुदा २५ बर्षकै थिए । सम्झना दाजुका अधुरा योजना पूरा गर्दै अब्बल जनप्रतिनिधि बन्न र राजनीतिमा अगाडि बढ्न चाहेको बताउछिन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here