दिपेश लम्साल -लेकबेशी नगरपालिका वडा नम्बर १० को वडा कार्यालय भबन संचालनमा आएको छ ।
सोमबार कार्यालयको उद्घाटन गर्दै संचालनमा आएको हो । प्रमुख अतिथि लेकबेशी नगर प्रमुख उमेशकुमार पौडेलले वडा कार्यालयको भवन उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा राजनिती दलका प्रमुखहरु, समाजसेवीहरुको उपस्तिथि रहेको थियो । नगर प्रमुख पौडेलले रिबन काटी वडा भवनको उद्घाटन गर्नुभयो ।
उक्त कार्यक्रममा जग्गादाता रिमादेबि थापालाई सम्मान गरिएको थियो ।
Facebook Comments