लेकबेशी ५ नेटाबजारमा पहिलो पटक विद्युत बत्ती पुग्यो

0
251

दिपक बराल, भदौ २९- लेकवेशी नगरपालिका वडा न.५ नेटा बजारमा पहिलोपटक विद्युत बत्ती पुगेको छ । मंगलबारदेखि पहिलो पटक नेटामा विद्युत ट्रान्सर्फमरमा बत्ती बलेको हो ।

गएको बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएको दुई महिनाको अवधिमा लेकवेशी नगरपालिका वडा न. ५ नेटाका वडाअध्यक्ष चक्रबहादुर शाहीको पहलमा बत्ती पुगेको हो । चुनावमा आगामी दशै अगावै नेटा बजारमा विद्युत सेवा विस्तार गरि उज्यालो बनाउने पहिलो प्रबिद्घता अनुसार बत्ती पुगेको हो । अध्यक्ष शाहीको पहिलो प्रबिद्घता अनुसार निरन्तर पहलमा निर्वाचित भएको छोटो समय तिन महिनाको अवधिमा लेकवेशी नगरपालिका नेटा डाँडाँगाँउ, न्यावलखोलासम्म विस्तार भएको हो । विद्युत प्रसारण लाईनको पँहुचलाई आफ्नो निरन्तर पहलमा नेटा बजारको सडरमुकाममा ट्रान्समिटर राखि विद्युतको प्रसारण लाईन जडान गरीएको वडाअध्यक्ष .शाहिले जानकारी दिनुभयो । विस्तार भएलगत्तै सरकारी र गैरसरकारी अफिस कार्यलयबाट सेवाग्राहीलाइ दिईने सेवामा र मोबाईल नेटवर्कमा सहज हुने उहाँले भन्नुभयो ।

आफ्नो पहलमा विद्युतको पँहुचलाई जडान गरीएको भन्दै आँउदो दशै अगावै नेटा बजारमा घरघरमा विद्युत विस्तार गर्ने पहिलो प्रबिद्घता पुरा भएको वडाअध्यक्ष शाहिले भन्नुभयो । नेटाबजार क्षेत्रका बस्तीहरुमा विद्युतको पहुँच र अन्धकार मुक्त उज्यालो सेवा विस्तार गर्नको लागि विद्युत मिटर बक्सको र्फाम भर्ने कामको सुरुवात गरिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here