लेकबेशी नगरको १२ आँै नगरसभा सम्पन्न

0
125

भेरीगंगा, पुष २९- गएको पुष २२ गते बिहिबारबाट सूरु भएको लेकबेशी नगरपालिकाको १२ औँ नगरसभा आज सम्पन्न भएको छ । नगरसभाबाट नगरका विभिद योजना, कार्यक्रम र बजेट संशोधन गर्दै नगरसभाले पास गरेको नगर प्रमुख उमेशकुमार पौडेलले बताउनुभयो ।

नगरसभाले नँया ऐन, नियमावली पास गरेको छ । गएको पुष २२ गते पहिलो दिन सभामा विभिन्न विषयगत समितिहरुले प्रगति प्रतिवेदन सभाअध्यक्ष तथा नगर प्रमुख पौडले समक्ष पेश भएको थियो । नगर प्रमुख उमेश कुमार पौडेलले चालु आर्थिक वर्षमा कुल ७४ करोड ८७ लाख ९ हजार ५७ रुपैँया विनियोजन भएका बताउँदै कुल विनियोजन बजेट मध्य चालु खर्च तर्फ ४० करोड २५ लाख ४३ हजार ९ सय ६९ रुपैँया र पुँजिगत तर्फ २९ करोड ९७ लाख ८८ हजार १ सय ९२ रुपैँया रहेको बताउनुभयो । नगरमा विकास साझेदार गैरसरकारी संस्थाहरुबाट ४ करोड ६३ लाख ७७ हजार ४ सय ९६ रुपैँया परिचालन भएको सभा अध्यक्ष पौडेलले समाभा जानकारी दिनुभयो ।

नगरसभामा नगर कार्यपालिकाका सदस्य नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कर्मचारीको सहभागीता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here