लेकबेशीमा शारीरिक अपाङ्गता परीक्षण शिविर सम्पन्न

0
44

लेकबेशी, फागुन १९ -लेकबेशी नगरपालिकामा एक दिने शारीरिक अपाङ्गता परीक्षण शिविर सम्पन्न भएको छ । शुक्रबार लेकबेशी ६ स्थित कल्याण स्वास्थ्य चौकीमा एक दिने १८ बर्षसम्म उमेर समुहका शारीरिक अपाङ्गता भएका बालबालिकाको स्वास्थ्य परीक्षण एव्म अपाङ्गता पहिचानका लागि स्वास्थ्य तथा पुर्नस्थापना घुम्ति शिविर संचालन भएको हो ।

विकलाङ्ग मित्र समुह, अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र वनेपा काभ्रेको आयोजना र लेकबेशी नगरपालिकाको सहआयोेजनामा शिविर भएको हो । शिविरमा लेकबेशी नगरका १० वडाका १८ बर्षसम्मका उमेर समुहका शारीरिक अपाङ्गता भएका बालबालिकाको स्वास्थ्य परीक्षण भएको नगर प्रमुख उमेशकुमार पौडेलले जानकारी दिनुभयो । शिविरमा अपाङ्गता पहिचानका लागि पनि शिविर संचालन भएको हो । अपाङ्गता शक्तिकरण केन्द्र सुर्खेतको समन्वयमा उक्त शिविर भएको हो ।

लेकवेशी नगरपालिका नगरप्रमुख पौडेलको पहलमा शारीरिक अपांङ्गत्ता शिशिर तगा परिक्षण घुम्ती शिविर सम्पन्न भएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here