सुर्खेत, बैशाख १२- आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले लेकबेशी नगरपालिकामा नगर प्रमुख मेयरको उम्मेदवारी टुङ्गो लगाएको छ ।
नेपाली कांग्रेसको तर्फबाट लेकबेशी नगरपालिकाको नगरप्रमुख पदमा उमेशकुमार पौडेल चयन गरिएको हो । कांग्रेले पौडेललाई मेयरमा सर्वसम्मत छनोट गरेको हो । पहिलो स्थानीय तह निर्वाचनमा पहिलो पौडेल कांग्रेसबाट लेकबेशीबाट मेयर पदमा उम्मेदवारी रहनुभएको थियो ।
कांग्रेले मेयर उम्मेदवारी टुङ्गो लगाएसंगै लेकेबशीमा बैशाख ३० गतेको स्थानीय तह चुनावमा नेपाली कांग्रेसले चुनावी प्रचार तयार पारेको छ । लेकबेशीमा कांग्रेले मेयरसंगै, वडाअध्यक्ष, सदस्यहरुको उम्मेदवारी सकेको छ ।
Facebook Comments