सुर्खेत, पुष १- एक महिनाअघि छाडा कुकुरले टोकेर घाईते एक युवाको रेबिजबाट मृत्यु भएको छ । रेविजबाट सुर्खेत लेखवेशी नगरपालिका ३ खारपानीका कृष्णबहादुर शाहीको मृत्यु भएको हो । एक महिना अघि घरमै पालेको छाडा कुकुरले शाहीलाई टोकेको थियो ।
कुकुरले टोकेपछि नियमित रेविज विरुद्धको सुई लगाउन लापरवाही गरेको कारण शाहीको मृत्यु भएको लेकबेशी नगरपालिकाका मेयर उमेशकुमार पौडेलले बताए । कुकुरले टोकेपछि रेविज खोपको मात्रा नियमित नलिएको र स्थानीय मेडिकलको भर पर्दा शाहीको मृत्यु भएको बतााएको छ । शाहीलाई कुकुरले मुखमा टोकेको थियो ।
यसअघि लेकबेशी नगरपालिकाका छिमेकी पालिका भेरीगंगा नगरपालिकामा पनि कुकुरको टोकाईपछि रेविजबाट एक युवाको मृत्यु भएको थियो ।
Facebook Comments