रेबिजबाट भेरीगंगा ४ मा भैसीको मृत्यु

0
79

बलकुमारी विक, पुष २० -तीन महिनादेखि रेबिजको प्रकोप सूरु भएको भेरीगंगा नगरपालिकाका वडा नम्बर ४ मा सबैभन्दा धेरै प्रभावित भएको छ । पछिल्लो समयमा यो वडामा घरपालुवा पशुचौपाय रेबिजको संक्रमणबाट मृत्युदर बढेको छ ।


भेरीगंगा नगरपालिका वडा नम्बर ४ अमिलाचौरमा गोमा खड्काको भैसीमा रेबिज रोग पुष्टि भएको छ । बौलाह कुकुरको टोकाईबाट घाईते भैसीको मृत्यु भएपछि परीक्षणको क्रममा रेबिज पुष्टि भएको हो । पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको स्वाब संकलनबाट मरेको भैसीमा रेबिजको पुष्टि भएको भेरीगंगा पशुपंक्षी विकास शाखा प्रमुख भोजप्रसाद चपाईले जानकारी दिनुभयो । मरेको भैसीमा रेबिजको पुष्टि भएपछि नगर प्रमुख यज्ञप्रसाद ढकालको आदेशमा तत्कालै नगरको मेसिन मार्फत खाडल खनि गाडिएको चपाईले भन्नुभयो । यस्तै भैंसीसंग सम्पर्कमा आएका किसानहरुलाई र पशुलाई तत्कालै खोपको ब्यबस्था मिलाउन जनस्वास्थ्य शाखा र पशुपंक्षी बिकास शाखालाई मेयर ढकालले निर्देशन दिनु भएको छ ।


नगर पशुपंक्षी विकास शाखाले सूचना जारी गर्दै वडामा रेबिज संक्रमित पशुहरुको सम्पर्कमा आएका व्यक्तिलाई नगरमा सम्पर्क गर्न अनुरोध गरेको छ । भेरीगंगा नगरका वडा नम्बर ४, ५, १०, १२ र ९ वडामा केही महिनायता बौलाह कुकुर, स्याल बिरालोको टोकाईबाट मानिस र पशुपंक्षीमा रेबिज संक्रमण देखिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here