रामघाट हुँदै लेकबेशी नगर जाने सडक स्तरोउन्नती गरिदै

0
104

लेकबेशी, चैत ८ -सुर्खेत लेकबेशी नगरपालिकाले भेरीगंगा १३ रामघाटस्थित भेरी नदिको झोलुंगे पुलबाट लेकबेशी नगरपालिका कार्यालयसम्मको बाटो विस्तार सूरु गरेको छ । नगरपालिकाले नगरपालिका कार्यालयदेखि मदन भण्डारी लोकमार्ग हुँदै भेरीगंगाको रामघाट झोलुंगे पुल सम्म सडक मर्मत, विस्तार र नाला निर्माण सूरु गरेको हो ।

भेरीगंगा नगर क्षेत्रबाट लेकबेशी नगरपालिका प्रवेश गर्ने उक्त सडक स्तरीय र मर्मत नहुँदा आवतजावतमा समस्या रहेको थियो । नगरपालिकाको १५ लाख लगानीमा सडक चौडा, नाला निर्माण र ग्रावेल राखी रोलर लगाउन सूरु भएको लेकबेशी नगरपालिकाका मेयर उमेश कुमार पौडेलले बताउनुभयो । सडक निर्माण कार्य सम्पन्न भए मोटटरसाईकल, अटोरिक्सा र सर्वसाधरणलाई रामघाट हुँदै नगरपालिका आउन सहज हुने विश्वास गरिएको छ ।

उक्त सडक स्तरोउन्नती नहुँदा नगरका कर्मचारी, दुवै पालिकाका नगरबासी र आवतजावत गर्नेले दुख झेल्दै आएका थिए । उक्त सडक निर्माणले आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here