रामघाटमा विमानस्थल स्थापनाका लागि ५५ करोड बजेट

0
449

सुर्खेत, जेठ १८ -भेरीगंगा नगरपालिकामा बन्ने रामघाटमा विमानस्थल स्थापनाका लागि सरकारले बजेट विनियोजन गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गएको आइतबार आगामी आर्थिक बर्ष २०७९।०८० का लागि ५५ करोड छुटाएको हो ।

आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विमानस्थल निर्माण गरिने बताएका हुन् । विमानस्थल निर्माणका लागि पहिलो चरणमा ५५ करोड बजेट छुटयाइएको छ । बजेट विनियोजन पछि भेरीगंगामा कर्णाली प्रदेशस्तरीय विमानस्थल बनाउने बाटो खुलेको हो । आगामी बर्षबाट कामको सुरुवात हुने बताएको छ । सरकारले आर्थिक बजेटमा विमानस्थल सम्बोधन गरेको हुँदा संचालन र स्थापनाको बाटो खुलेको हो ।

बजेटमा कर्णालीमा रैथाने बालीको संरक्षण गरि कृषिलाई आधुनिकिकरण गरिने कार्यक्रम सञ्चालनमा ल्याइने छ । यस्तै कर्णालीका हिमाली जिल्लामा स्याउ उत्पादन गर्ने किसानलाई अनुदानको व्यवस्था गरिएको छ भने सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिने भएको छ। यस्तै सुर्खेत र जाजरकोटमा रहेको किम्मती तथा अर्धकिम्मती पथ्थर सञ्चालनमा एवं निर्माण गरिने छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here