रामघाटमा पढाई मेला तथा पठन प्रतियोगिता सम्पन्न

0
138

भेरीगंगा, पुष १२ – भेरीगंगा नगरपालिकाको सहयोगमा साविक रामघाट गाविसका सामुदायिक विद्यालयस्तरीय प्रारम्भिक पढाई मेला तथा पठन प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार भेरीगंगा ११ स्थित चन्द्रोदय माध्यामिक विद्यालय काशीपुरको आयोजनामा भेरीगंगा वडा नम्बर ११ र १३ वडामा सामुदायिक विद्यालयका कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुको सहभागीतामा पढाई मेला तथा पठन प्रतियोगिता सम्पन्न भएको हो ।


चन्द्रोदय माध्यामिक विद्यालय काशीपुरमा आयोजिक पढाई मेलामा दुई वडाका ६ वटा सामुदायिक विद्यालयको सहभागीता रहेको थियो । प्रत्येक विद्यालयका कक्षा १ देखि ३ कक्षाका ३÷३ जना विद्यार्थीको सहभागीता रहेको पढाई मेला तथा प्रतियोगितामा सहभागी विद्यार्थीबिच पठन प्रतिस्पर्धा गरिएको नगर शिक्षा संयोजक गजेन्द्र जिसीले बताउनुभयो । पठन मेलामा कितावहरु, हेर्ने, पढ्ने पाठ्यसामग्री, सन्देशमुलक व्यानरसहितका १९ वटा स्टल राखिएको थियो । सहभागी विद्यालयका कक्षा १, २ र ३ का विद्यार्थीबिच पठन सामग्री अध्ययन गर्न लगाएको थियो । गोला प्रथाद्धारा पढ्न लगाई, पठन समय निर्धारण गरि पठन शुद्धताका आधारमा मूल्याकन गरि सबै विद्यालयका सहभागी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको आयोजक चन्द्रोदय विद्यालय शिक्षक धनश्याम पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा शैक्षिक स्टल अध्ययन, अवलोकनसंगै साँस्कृतिक कार्यक्रम आयोजना भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख यज्ञप्रसाद ढकालले नगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक र भौतिक सुधारका लागि नगरपालिका तत्पर रहेको बताउनुभयो । विद्यार्थीका प्रतिभा र क्षमताको विकास र सम्मानका लागि नगरपालिका लाग्ने उहाँको भनाई थियो । भेरीगंगा नगरपालिका प्रमुख मेयर ढकालको प्रमुख अतिथ्य, वडा शिक्षा समिति संयोजक तथा भेरीगंगा ११ का वडाअध्यक्ष जयबहादुर नेपालीको सभापतित्वमा पढाई मेला तथा प्रतियोगिता आयोजना भएको हो ।


कार्यक्रममा नगरका वडाअध्यक्षहरु, विभिन्न विद्यालयका शिक्षकहरु, विद्यार्थी, अविभावकको सहभागीता रहेको थियो । नगरपालिकाको शिक्षा शाखाको अगुवाईमा नगरको साविक मैनतडा, छिन्चु र लेखपराजुलमा समेत सामुदायिक विद्यालयस्तरीय प्रारम्भिक पढाई मेला तथा पठन प्रतियोगिता आयोजना हुने भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here