राधाकृष्ण प्राविको व्यवस्थापन समिति गठन स्थगित

0
92

गुर्भाकोट, पुष १८ -गुर्भाकोट नगरपालिका वडा न. ११ को केन्द्र विन्दुमा रहेको श्री राधाकृष्ण प्राथमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया स्थगित भएको छ । विद्यालय समिति सदस्य पदका लागि कुरा नमिल्दा बैठक स्थगित भएको हो ।


उक्त बैठक पुस १४ गते बिहीबार र १८ गते सोमबारका दिन पनि बसेको थियो । बैठकमा ४ जना सदस्य छानबिनको लागि अभिभावकलाई एक आपसमा छलफल गरी जिम्मा दिए पनि निचोडमा नपुग्दै कुरा नमिलि स्थगित भएको थियो । गत बिहीबार कुरा नमिल्दा १८ गते सोमबार सम्पुर्ण अभिभावकसहित बैठक गरिएको थियो । अन्तिममा कुरा नमिल्दा अब चुनावी तरीकाबाट गठन प्रक्रिया अगाडि बढाउने भनी बैठक स्थगित भएको हो ।

सोही बैठकमा निर्वाचित जनप्रतिनिधि, विभिन्न राजनीति दल, बुद्धिजीवी समाजसेवि लगायतको उपस्थिति थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here