राजनैतिक दलका उम्मेदवारको घरदैलो प्रचारमा जोड

0
160

सुर्खेत, कार्तिक २५- निर्वाचन मिति नजिकिदै गर्दा विभिन्न राजनैतिक दलका उम्मेदवारले घरदैलो चुनावी प्रचारलाई तीव्र बनाएका छन् । मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दा राजनीतिक दलले घरदैलो कार्यक्रम सुरु गरेका छन् ।

विगतका बर्षजस्ता ठुला आमसभा, र्याली र खुल्ला कार्यक्रम कम गर्दै कर्णाली प्रदेशमा उम्मेदवारहरु घरदैलो प्रचार र भेटघाटमा केन्द्रित देखिएका हुन् । राजनीक दलका उम्मेदवार कार्यकर्तासहित घरघरमा पुगेर प्रत्यक्ष मतदातासंग केन्द्रित प्रचारप्रसार तीव्र बनाएका छन् । मतदाताहरु अहिले सामाजिक संजाल, ईन्टरनेटबाट सबै चुनावी प्रचारको अपडेट हुने हुँदा आमसभा र कार्यक्रम भन्दा घरदैलोमा भेटघाटलाई पार्टी र उम्मेदवारले जोड दिएको सुर्खेत क्षेत्र नम्बर १ मा चुनावी प्रचारमा हिडेका खगेन्द्र नगालले बताए । कर्णाली प्रदेशमा प्राय सबै दलका उम्मेदवारलाई आमसभा र औपचारिक कार्यक्रमभन्दा मतदातासंग प्रत्यक्ष संवाद र भेटघाट हुने प्रचार शैली प्रयोग गर्दै आएका छन् ।


विगतका चुनावभन्दा यसपालीको चुनावी प्रचार मौन तथा घरदैलो केन्द्रित देखिएको हो । पार्टीको झण्डा, चुनावी एजेण्डा र प्रतिबद्धता पत्रसहित उम्मेदवार स्थानीय र पार्टीका नेता, कार्यकर्ताबीच सक्रिय भेटघाटमा व्यवस्त रहने गरेका छन् । अहिलेको भोट माग्ने तरिका स्थानीय वडा, टोल, घरहरु केन्द्रित चुनावी प्रचारप्रसार, आमसभा एवम् नागरिकको घरदैलो कार्यक्रम भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here