युवाको सक्रियतामा भेरीगंगा ११ गणेश प्राविको खेलमैदान मर्मत

0
79

भेरीगंगा, पुष १५ – भेरीगंगा नगरपालिका वडा नम्बर ११ का युवाहरुको पहलमा स्थानीय गणेश प्राथमिक बिद्यालयको खेलमैदान मर्मत गरिएको छ ।


स्थानीय युवाहरुको ७० हजार नगद स्वस्फूर्त संकलन गरि खेलमैदान मर्मत भएको हो । युवाहरुको व्यक्तिगत लगानीमा बिद्यालयको फिल्ड तथा खेलमैदानलाई सुन्दर र राम्रो बनाउने सपना अनुसार काम भएको स्थानीय जस्विर चुनाराले बताउनुभयो । स्थानीय मोहन सुनारले ५० हजार र अन्य युवारुरुको थप २० हजार रकम संकलन गरि खेलमैदान भएको चुनाराले भन्नुभयो ।


यसअघि वडा, नगर र विभिन्न क्षेत्रमा आग्रह गर्दा पनि सहयोग नभएपछि युवाहरुको नेतृत्वमा काम भएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here