
विक्रम तिवारी, असोज ९- हिन्दुहरुको महान पर्व विजया दशमी तथा दिपावलीको पावन अवसरमा भेरीगंगा नगरपालिका वडा नं. ८ स्थीत मैनतडा रंगशालामा खुल्ला फुटवल प्रतियोगिता हुने भएको छ । भेरीगंगा नगरपाकिला वडा नं. ८ को वडा कार्यालयको आर्थिक सहयोग र ८ नं. वडा खेलकुद विकास समितिको आयोजनामा फुटबल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा विजेतालाई ५० हजार र उपविजेतालाई ३० हजार रुपैयाको पुरस्कार राशी निर्धारण गरिएको वडा खेलकुद विकास समितिका अध्यक्ष विशाल सन्तोषीले जानकारी दिनु भयो । अध्यक्ष सन्तोषीका अनुसार प्रतियोगितामा भाग लिन चाहने ईच्छुक खेलाडीहरुले टिम दर्ताका लागी पर्सी असोज ९ गते दिउसो १२ वजेसम्मको सयमसिमा तोकिएको छ भने सोही दिन दिउसो २ बजे टाईसिट तयार गरिनेछ । खेल सन्चालन भने असोज १० गते घटस्थापनाका दिन विहान ८ बजेदेखि हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितालाई मध्यनजर गरी भेरीगंगा नगरपालिका वडा नं. ९ मा वडा खेलकुद विकास समिति गठन गरिएको छ । वडा नं. ९ का वडा सदस्य ईश्वर पोख्रेलको पहलमा भएको खेलाडीहरुको भेलाले यान बहादुर के.सी.को अध्यक्षतामा ७ सदस्यीय वडा खेलकुद विकास समिति गठन गरीएको हो ।