मैनतडाका सामुदायिक विद्यालयस्तरीय पढाई उत्सव तथा मेला सम्पन्न

0
305

सृजना बारघरे, पुष १८- भेरीगंगा नगरपालिका अन्तर्गत साविक मैनतडा गाविसका सामुदायिक विद्यालयस्तरीय प्रारम्भिक पढाई मेला तथा पठन प्रतियोगिता सम्पन्न भएको छ । सोमबार भेरीगंगा ७ स्थित श्री नेरा प्रावि मुलपानीको आयोजना, नगरपालिकाको समन्वय र स्याक नेपालको सहयोगमा भेरीगंगा वडा नम्बर ६,७,८ र ९ का सामुदायिक विद्यालयका कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुको सहभागीतामा पढाई मेला तथा पठन प्रतियोगिता सम्पन्न भएको हो ।


पढाई मेलामा ४ वडाका १२ वटा सामुदायिक विद्यालयको सहभागीता रहेको थियो । प्रत्येक विद्यालयका कक्षा १ देखि ३ कक्षाका ३÷३ जना विद्यार्थीको सहभागीता रहेको पढाई मेला तथा प्रतियोगितामा सहभागी विद्यार्थीबिच पठन प्रतिस्पर्धा गरिएको नगर शिक्षा संयोजक गजेन्द्र जिसीले बताउनुभयो । पठन मेलामा कितावहरु, हेर्ने, पढ्ने पाठ्यसामग्री, सन्देशमुलक व्यानरसहितका स्टल राखिएको थियो । सहभागी विद्यालयका कक्षा १, २ र ३ का विद्यार्थीबिच पठन सामग्री अध्ययन गर्न लगाएको थियो ।

कार्यक्रममा शैक्षिक स्टल अध्ययन, अवलोकनसंगै साँस्कृतिक कार्यक्रम आयोजना भएको थियो । भेरीगंगा नगरपालिकाको बार्षिक कार्यक्रमनुसार नेरा प्राबि मुलपानी मा साबिक मैनतडाका १२ वटा विद्यालयका कक्षा १–३ मा अध्ययन गर्ने विद्यार्थीहरुको सहभागीतामा पढाई उत्सव(मेला)–२०७९ सम्पन्न भएको हो । उक्त कार्यक्रम बिब्यस अध्यक्ष एबम् भेरीगंगा ७ का वडाध्यक्ष कर्णबहादुर मिजारको अध्यक्षता, नगर सामाजिक बिकास समिति संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष लालसिङ्ग बुढाक्षेत्रीको प्रमुख आतिथ्यता, शिक्षा शाखा प्रमुख गजेन्द्रकुमार जिसीको विशेष आतिथ्यतामा सम्पन्न भएको छ ।


उक्त कार्यक्रममा निर्बाचित जनप्रतिनिधिहरु, सहभागी तथा छिमेकी विद्यालयका प्रअ तथा शिक्षकहरु, अभिभावकहरु, दलका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्तिथि थियो । उत्सबमा सहभागी विद्यार्थीहरुलाइ पुरस्कृत गरिएको छ । कार्यक्रमका सहभागीहरुलाइ आयोजक विद्यालयका प्रअ मिमबहादुर खड्काले स्वागत गर्नु भएको थियो । कार्यक्रमको संचालन तथा सहजीकरण जनज्योति माविका अंग्रेजी शिक्षक मानबहादुर बस्यालले गर्नुभएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here