सृजना बारघरे, फागुन २९- मृगौला रोगबाट लड्दै आउनुभएकी भेरीगंगा ६ निवासी अमृता नेपाली बचाउ अभियान सुरु भएको छ । उपचारमा आर्थिक समस्या भएपछि मृगौला रोग पीडित नेपालीको उपचारका लापग आर्थिक संकलन सूरु भएको हो ।


भेरीगंगा ६ सुर्खेत बस्ने हरीबहादुर नेपालीको श्रीमती ३७ बर्षीय अमृता नेपाली बिगत लामो समयदेखि मृगौलाको बिरामी हुदै आएको र हाल आएर उहाँको दुबै मृगौला फेल भई स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । उहाँको उपचारमा आर्थिक समस्या रहेको पति हरिबहादुरले बताउनुभयो । हाल उहाँको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भैरहेकोले उहाँको थप उपचार गर्नको लागि आर्थिक समस्या भएको हो । परिवारको आर्थिक हैसियतले नसक्ने भएकोले उहाँको जीवन रक्षाको लागि सक्दो आर्थिक सहयोग गरिदिनुहुन आग्रह गर्दै अभियान समेत चलिरहेको छ ।


उपचारमा आर्थिक सहयोग गर्न परिवारजनले देशबिदेशमा रहनुहुने मनकाकारी दाताहरूमा आग्रह गरेका हुन् । सहयोग गर्न चाहानु हुने महाभाबहरुले कुमारी बैकको खाता नम्बर २२७०१९२३४३५००००१ तथा मोबाईल बैकिङ्गका लागि ९८४८१३४८५९ मा सम्पर्क गर्न सक्ने छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here