मुलपानी कृषि तथा पशु सहकारीमा रगविर मिजार

0
89

टकमान मगर, पुष २७-भेरीगंगा नगरपालिका वडा नम्बर ९ जहरेबजारस्थित मुलपानी कृषि तथा पशु सहकारी सस्थाको १३ आँै साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । बुधबार जहरेबजारमा सहकारीको साधारण सभा अधिवशेनले नँया संचालक समिति चयन गरेको छ ।

सहकारी सभाले रगविर मिजारको अध्यक्षतामा सात सदस्यती नँया संचालक समिति चयन गरेको हो । सहकारीको उपाध्यक्षमा धनसिँह बस्याल, सचिवमा प्रताप मिजार, कोषाध्यक्षमा ईन्द्रा विक चयन हुनुभएको छ । अधिवेशनबाट तीन जना सदस्य चयन गरेको छ । कार्यक्रममा बोल्दै भेरीगंगा नगरपालिका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि धनसरा बोहराले कृषि र पशु सहकारीको स्थानीय क्षेत्रमा सम्भावना र चूनौती दुवै रहेको बताउनुभयो । कृषि र पशु सहकारीले गर्न सके शेयर सदस्यहरुलाई कृषि र पशु व्यवसायबाटै स्वरोजगार बनाउन सक्ने धारणा राख्नुभयो ।


कार्यक्रममा विशिष्ट अतिथिमा भेरीगंगा ९ का वडासदस्य ईश्वर पोखरेल र भेरीगंगा ८ का वडासदस्य झुपाराम खत्री रहनु भएको थियो । सहकारीका अध्यक्ष रगविर मिजारको सभापतित्वमा साधरण सभा तथा अधिवेशन सम्पन्न भएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here