गुर्भाकोट, असार १ -गुर्भाकोट ६ स्थित नमुना माबि बडाखोलीले हरेक बर्ष १० जना अनाथ तथा अशाहाय बिद्यार्थीलाई निशुल्क शिक्षा दिने भएको छ । रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्राप्त दश लाख आर्थिक सहयोगबाट बार्षिक १० जना लाई निशूुल्क शिक्षा दिन लागिएको हो ।
बुवाआम नभएका बिद्यार्थीलाई पहिलो प्राथामिकता र १० जनाको कोटा पुरा नभएमा बुवा वा आमामध्ये कुनै एक नभएकालाई प्राथामिकतामा राखेर निशुल्क शिक्षा दिने ब्यबस्था मिलाईएको बिद्यालय प्रधानाध्यापक ढाल बहादुर खत्रीले जानकारी दिनुभयो । छनोट भएका १० जना बिद्यार्थीलाई खान बस्नसहित सम्पुर्ण शैक्षिक गतिबिधिको ब्यबस्था बिद्यालयले मिलाउने प्रअ खत्रीले जानकारी दिनुभयो । यहि शैक्षिक सत्र ०७९÷०८० बाट यो कार्यक्रम लागु गरिएको र उक्त कार्यक्रममा सहभागी हुन आउने विद्यार्थीले आफु बसोबास गरिरहेको वडाबाट अनाथ तथा अशाहाय भएको शिफारिश सहितको पत्र साथमा ल्याउनु पर्ने बिद्यालय प्रसाशन ले जनाएको । गुर्भाकोट नगरपालिका भित्रका १४ वटै वडाका अनाथ तथा असाहय बिद्यार्थीहरुले यो कार्यक्रममा भाग लिन पाउने छन् । यो शैक्षिक सत्रदेखि कार्यक्रम लागु गरिएको हो । कार्यक्रममा समावेश हुने विद्यार्थीले कम्तिमा पनि विद्यालयले तोकेको समय अर्थात कक्षा ६ देखि १२ सम्म यहि बिद्यालयमा पढ्ने गरि आपसी समझदारी गर्नुपर्ने बिद्यालयले जनाएको छ ।
कक्षा ६–देखि ८ सम्म साधारण धार अध्यन गर्नुपर्ने र कक्षा ९ देखि कक्षा १२ सम्म प्राबिधिक शिक्षा अध्ययन गरि विद्यालयले संचालन गरेको पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत फलफुल, च्याउ तथा तरकारी खेति कुखुरा पालन लगाएतका कार्यम मा आबद्द हुन सकिने समेत बिद्यालयका प्रधानाध्याप खत्रीले जानकारी दिनुभयो । हरेक बर्ष १० जना विद्यार्थी यो कार्यक्रम लाभान्वित हुने छन् ।