हुमबहादुर कार्की – असार ३ , गुर्भाकोट नगरपालिकाको आर्थिक सहयोगमा र हरियाली धान बीउ उत्पादन पकेट सन्चालन समिती गुर्भाकोट २ को आयोजनामा एक दिने धान बीउ उत्पादन खेती प्रबीधी स्थलगत तालिम सम्पन्न भएको हो । गत बर्षदेखि गुर्भाकोट नगर कृषि शाखाको आर्थिक सहयोग सन्चालन भएको पकेट क्षेत्र यस बर्ष पनि सन्चालन मै रहेको छ ।
कार्यक्रममा नगर कृषि शाखाका प्रमुख नबराज थापा, प्राशा मानबहादुर खत्री र कृषि अनुसन्धान केन्द्र दसरथपुरका प्राबिधिक केशब पोख्रेलद्वारा कृषकलाई धान बीउ तथा उत्पादन बारे प्रशिक्षण दिनु भएको थियो । यसैगरि कृषि अनुसन्धान केन्द्र दशरथपुरका प्राबिधिक केशब पोख्रेलले धानको बिउ,उत्पादन,धानका जातहरु,बीउ राख्ने रोप्ने तरिका,मल प्रयोग,लगायत धान मा लाग्ने रोगबारे जानकारी दिदै रोगलाइ नियन्त्रण गर्न किटनाशक औषधि प्रयोग बारे जानकारी दिनु भएको थियो ।
यस पकेट सन्चालन समितिले गत बर्षदेखि कृषकहरुलाई आबस्यक उन्नत जातका धानका बिउहरु,कृषि औजारहरु,ब्यबस्थापन सामाग्री तिर्पाल, पोलि ब्यागलगायत किटनाशक औसधिहरु अनुदान तथा निशुल्क बितरण गर्दै आएको समितीले जनाएको छ।
पहिलो बर्ष उन्नत जातका धानहरु लगाइ फलको राम्रो आस गर्दागर्दै बेमौसमी वर्षाका कारण धान खेतमै उम्रदा यस बर्ष पनि त्यही दोहोरिने होकि भन्दै उपस्थित किसानहरुले गुनासो ब्यक्त्त गरेका थिए।
कार्यक्रम हरियाली कृषि बजार सहकारी सस्था लि गुर्भाकोट २ को समन्वयमा सहकारीका पदाधिकारी लगायत सेयर सदस्य र किसानहरु ६० जना को सहभागिता रहेको थियो ।