मालारानीमा एकीकृत निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

0
147

हुमबहादुर कार्की, पौष २४- गुर्भाकोट नगरपालिका वडा नम्बर २ स्थित स्वास्थ्य चौकी मालारानीमा एक दिने एकीकृत निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । गुर्भाकोट नगरपालिका नगर स्वास्थ्य शाखा सुभघाट सुर्खेतको आयोजनामा र स्वास्थ्य चौकी मालारानिको समन्वयमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन वडा नम्बर २ का वडाअध्यक्ष नोखबहादुर वलिले गरेका थिए ।

शिबिर अनुगमन नगर स्वास्थ्य शाखा लगायत स्वास्थ्य चौकी मालारानी समिती परिवारबाट गरिएको थियो । अध्यक्ष वलिले स्वास्थ्य शिबिरमा सहयोग गर्ने सबैमा धन्यवाद दिदै शिबिरमार्फत सेवाग्राहीहरुलाई सेवा पुर्याउदा आगामी दिनहरुमा पनि यस्ता शिबिर सन्चान गर्ने बताए । एक दिने एकीकृत स्वास्थ्य शिबिरमा सुगर प्रेसर क्षयरोगलगायत छाती सम्बन्धि विभिन्न रोगहरुको निशुल्क स्वास्थ्य चेक जाँच गरिएको स्वास्थ्य चौकी मालारानीका प्रमुख निरक शर्माले बताए । शिबिरमा ३५० जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएको र ४३ जनाको खकार जाँचका लागि संकलन भएको समेत शर्माले जानकारी दिए । स्वास्थ्य चेकजाँचका लागि मेहलकुना अस्पतालबाट डा. विनोद यादब र विवेक पन्थीले बिरामी जाँच तथा परामर्श दिएका थिए ।

शिबिर कार्यक्रममा सहयोग तथा ब्यबस्थापनमा गुर्भाकोट नगरपालिका वडा नम्बर १ आधारभुत स्वास्थ्य केन्द्रका अहेब दिपेन्द्र खत्रीलगायत स्वास्थ्यकर्मी र महिला स्वमसेबिकाको उपस्तिथि रहेको थियो । नगर स्वास्थ्य प्रमुख महेश पुरीले स्वास्थ्य शिविरमा सहभागी सेवाग्राही र स्वास्थ्यकर्मीलाई धन्वयाद व्यक्त गरेका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here