माबि कोटखोला भबन हस्तान्तरण सम्पन्न

0
347

हुमबहादुर कार्की – असार ९- भर्खरै निर्माण सम्पन्न भएको जनज्ञान भण्डार माबि कोटखोला गुर्भाकोट २ मालारानीको तीन कोठे भबन हस्तान्तरण गरिएको छ । गोर्खा वेलफेयर ट्रसको आर्थिक तथा प्राबिधिक सहयोग र जनज्ञान भण्डार माबिको आयोजनामा बनेको तीन कोठे भबन हस्तान्तरण तथा सम्मान कार्यक्रम बिहिबार सम्पन्न भएको हो ।

भवन हस्तान्तरण कार्यक्रम नगर प्रमुख हस्त पुनको प्रमुख अतिथ्ययमा भएको थियो । कार्यक्रमलाई सम्बोधन तथा धन्यवाद दिदै प्रमुख अतिथी पुनले बिधालयका भौतिक पुर्बाधारको बिकास गर्दै शैक्षिक गुणस्तरलाई पनि संगै अगाडि बढाउदै बिद्यालयका आबश्यक माग परिपुर्ति गर्नका लागि आगामी दिनहरुमा पनि लागि पर्ने बताउनु भएको थियो । यसैगरि विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश डिसिको सभाअध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उहाले बिध्यालयका भौतिक पुर्बाधारमा बिकासमा सहयोग गर्ने संघसस्था निकायलगायत अग्रज ब्यत्तित्वहरु प्रती धन्यवाद दिदै आगामी दिनहरुमा आबश्यक कार्यहरुका लागि विभिन्न निकायबाट समन्वय गरि अगाडि बढ्ने अध्यक्ष डिसिले बताउनु भएको थियो । कार्यक्रमका बिशिष्ट अतिथी गोर्खा वेलफेयर ट्रसका प्रमुख कोषबहादुर गुरुङ्गले गोर्खा वेलफेयर ट्रसबारे जानकारी दिदै उक्त भबन हस्तान्तरण गर्नु भएको थियो । आगामी दिनहरुमा पनि बिद्यालयमा सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।

कार्यक्रमलाई स्वागत गर्दै बिद्यालयका प्राध्यापक गंगाप्रसाद भट्टले सस्थाप्रति धन्यवाद ज्ञापन तथा स्वागत गर्दै बिद्यालयको बारेमा जानकारी दिदै सदैब यस सस्थाप्रति साथ सहयोगको अपेक्षा गर्ने बताउनु भएको छ । कार्यक्रममा वडा जनप्रतिनिधिहरु समाजसेबी शिक्षक शिक्षिकालगायत विद्यार्थी भाइबहिनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन शिक्षक दिनेश शर्माले गर्नु भएको थियो भने कार्यक्रम सुरुवातमा ब्यानर शिलान्यास र रिबन काटेर प्रमुख अतिथी हस्त पुनले गर्नुभएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here