भेरीगंगा, बैशाख ७ -भौतिक पुर्वाधार तथा यातयात राज्यमन्त्री नन्दा चपाई शर्माले आज पुर्वी सुर्खेतको विभिन्न सडक तथा विकास पुर्वाधार निर्माणको निरीक्षण गर्नुभएको छ ।
राज्यमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला सुर्खेत आउनुभएकी राज्यमन्त्री शर्माले भेरीगंगाको छिन्चु जाजरकोट सडक खण्डको निर्माण प्रगति, गुर्भाकोट धुलियाविट भेडाबारी मदन भण्डारी लोकमार्ग र भेरीगंगाको डुमकोट दलित संग्राहलयको निरीक्षण र कार्य प्रगतिको जानकारी लिनुभएको हो । आज दिउँसो भेरीगंगा ८ स्थित शहिद ऋषि स्मृति प्रतिक्षालयमा रहेको शर्माको स्मृति स्तम्भमा माल्यार्पण समेत गर्नुभयो । आफू शहिद ऋषि शर्माले हुर्काएको कम्नियुष्ट कार्यकर्ता भएको भन्दै सुर्खेतको राजनितिमा स्वर्गीय शर्माको सधै अभाव खड्किरहने बताउनुभयो ।
उहाँले उक्त कार्यक्रममा छोटो भनाई राख्दै सुर्खेत र समग्र कर्णालीको सडक, पुर्वाधार विकासमा पार्टी र स्वार्थ नहेरी विकास गर्ने प्रतिबद्धता जनाउनुभयो । डुमकोट डाडामा बन्दै गरेको दलित संग्राहलयको निरीक्षण गर्दै राज्यमन्त्री शर्माले यहाँको सडक विस्तार र पर्यटन प्रबद्र्धनमा आफ्नो मन्त्रालय र अन्य मन्त्रालयमा पहल गर्ने बताउनुभयो ।
पुर्वी सुर्खेतमा भैईरहेका सडक पुर्वाधार निर्माणका कार्यलाई समयमा सक्न सडक डिभिजन कार्यालयका प्रमुख र ईन्जिनियर निर्देशन दिनुभयो । आगामी आर्थिक बर्षका योजना, कार्यक्रम छनोट प्रक्रिया सूरु भएकोले विकास निर्माणका आवश्यकता पहिचान गरि टिपाउन नेता, कार्यकर्तालाई समेत आग्रह गर्नुभयो ।