भेरी श्रमिक सहकारीको दोस्रो साधरणसभा सम्पन्न

0
81

दिपक बराल- भेरीगंगा नगरपालिका वडा नम्बर ९ स्थित श्री भेरी श्रमिक सहकारी सस्थाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको प्रमुख अतिथी र उपप्रमुख धनसरा बोहोराको बिशेष अतिथीमा शनिबार सम्पन्न भएको हो ।


भेरी श्रमिक सहकारीको दोस्रो साधारण सभामा प्रमुख अतिथीको रुपमा बोल्दै भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले सहकारीको सुरुवाती चरणको वार्षिक प्रगती विवरण र्हेदा सोचेभन्दा अत्यन्तै राम्रो रहेको बताउनु भयो । सहकारीलाई प्रगतिको बाटोमा लैजान सहकारी सस्थाका सदस्यहरु नै सक्रिय हुनुपर्ने पर्ने भन्दै सीटीईभिटीले संचालन गर्ने तालिममा सहभागी हुन शेर सदस्यहरुलाई नगर प्रमुख ढकालले सुझाव दिनुभएको छ । श्री भेरी श्रमिक सहकारी सस्थाको माग अनुसार भेरीगंगा नगरपालिकाबाट छुट्रटयाईएको बजेट पौष महिना भित्र कार्यान्यन गरि ल्याउन सहकारीलाई नगर प्रमुख ढकालले आग्रह गर्नुभएको छ । सहकारीको आम्दानी बृद्धि गर्न शेर सदस्य, कमर्चारी र सहकारी संचालक समितिको मुख्य जिम्मेवारी रहने हुँदा सहकारीलाई बचाउन जिम्मेवारीमा रहेर काम गर्न उपप्रमुख धनसरा बोहोराले आग्रह गर्नुभएको छ । भेरीगंगा नगरपलिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रेमबहादुर आग्रीले सहकारीको साधारण सभामा बोल्दै वडा बाट श्रमिक सहकारीको लागी २५ हजार बजेट छुट्याइएको जानकारी दिनुभयो ।


सहकारीका कोषाअध्यक्ष चन्द्रबहादुर परियारको सभाअध्यतामा सम्पन्न भएको साभारण सभाबाट सहकारीका पुर्वसचिव लोकबहादुर नेपालीको स्वैच्छिक राजिनामापछि सहकारीका पदाधिकारी पुर्णबहादुर बुढाथोकीलाई सचिवमा चयन गरीएको छ । यस्तै रत्नबहादुर वलि, शुसिला चौधरी, गिता सुनार लयागतलाई सहकारीको नया संचालक समितीमा थप गरिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here