भेरीगंगा, बैशाख २८- भेरी नदिको वारीपारी रहेका लेकबेशी नगरपालिका र भेरीगंगा नगरपालिकालाई जोडेर सहज आवतजावतका लागि पाँच वटा पक्की पुल बन्ने तयारी सूरु भएको छ । दुवै नगरपलका भएर भेरी नदिबाट आवतजावत गर्न भेरी नदिमाथि दुईतर्फी सवारी आवतजावत हुने पक्की पुल बन्ने भएका हुन् ।
जसमा दुई वटा पक्की पुल काम भैईरहेको छ भने तीन वटाको निर्माण सूरु हुने तयारीमा रहेका छन् । पुर्वी सुर्खेतका तीन वटा नगरपालिकालाई जोडेर भेरीगंगा उपत्यका नमुना शहरको काम सूरु हुँदै गर्दा पाँच वटा पक्की पुल भेरी नदिमा बन्ने भएका हुन् । दुईै वटै नगरपालिका भएर बग्ने भेरी नदिको जहरेबजारदेखि गाईघाट क्षेत्रसम्म पाँच वटा पक्की पुल बन्ने भएका हुन् । भेरीगंगा र लेकबेशी नगरपालिका जोड्ने भेरी नदिमा जहरेबजार–लेकफर्सा, चिप्ले–लेखफर्सा छोटे, सादिखोला –दशरथपुर घुम्ने, रामघाट– दशरथपुर र घाईघाट –कुईरेमा पक्की पुल बन्ने भएका हुन् । दुईतर्फ सवारी साधन गुड्न मिल्ने पक्की पुल बन्न लागेको लेकबेशी नगरपालिकाका मेयर उमेशकुमार पौडेलले बताउनुभयो । संघीय बजेटमार्फत लेकबेशी र भेरीगंगा नगरपालिका जोड्ने पक्की पुल बन्ने लागेको मेयर पौडेलले जानकारी दिनुभयो । पक्की पुलका लागि जहरे लेखफर्सा पुल निर्माण सकिने अन्तिम तयारीमा रहेको छ । यस्तै चिप्ले लेखफर्साको लागि भेरी बबई डाईभर्सन आयोजनाले बाँध र पुलको काम जारी राखेको छ । रामघाट दशरथपुर पुल निर्माण पुरानो बजेट र स्टेमेट अनुसार काम नहुँदा पुरानो ठेक्का रद्ध गरि अहिले नँया ठेक्काबाट पुल निर्माणको तयारी गरिएको छ ।
यस्तै सादिखोला –दशरथपुर घुम्ने र घाईघाट –कुईरेमा पक्की पुल निर्माणको डिपिआर तयार भएको छ । पुल निर्माणका लागि बजेट स्टेमेट तयार भई ठेक्का सूरु हुने तयारीमा रहेको लेकबेशी नगरपालिकाका मेयर पौडेलले भन्नुभयो । यी दुई पालिकाको भेरी नदिमा पक्की पुल निर्माण भए स्थानीय बजार फस्टाउने आशा गरिएको छ । यस्तै झोलुङ्गे पुल र लामो बाटो प्रयोग गरेर सवारी आवतजावत गर्नुपर्ने बाध्यता हट्ने छ । यस्तै दुई पालिकामा लगाएको कृषि, पशुपालन उत्पादनको बजारीकरणका लागि सहयोग पुग्ने आशा गरिएको छ ।