भेरीगंगा, बैशाख २७- भेरीगंगा वडा नम्बर ९ बाट जसपा र स्वतन्त्र उम्मेदवारी दिएका चार जनाले सोमबार आफ्नो उम्मेदवारी स्थगन गरेका छन्। उम्मेदवार फिर्ता लिई स्थगन गर्नेमा जनता समाजवादी पार्टीका वडाअध्यक्ष उम्मेदवार र स्वतन्त्र तीन जना सहित चार जना रहेका छन्। सदस्य स्वतन्त्र पदका उम्मेदवार हिरा बहादुर विकले हिजो एक विज्ञप्ति जारी गर्दै उम्मेदवारि फिर्ता लिएको जानकारी दिनुभएको छ। यस्तै जसपाका वडाअध्यक्षका उम्मेदवार भरतकुमार विक, वडासदस्यहरु पानसरी कामी र चमारे कामीले पनि उम्मेदवारी स्थगन गर्नु भएको छ। जसपाका उम्मेदवारहरुले एक विज्ञप्ति जारी गर्दै उम्मेदवार फिर्ता लिएको जानकारी गराएका छन्।
उम्मेदवारी स्थगन गरेका चारै जनाले नेपाली कांग्रेसका स्थानीय तह निर्वाचन उम्मेदवार दिएका मेयर उपमेयर ,वडाअध्यक्ष, सदस्यलाई समर्थन गरेको बताएका छन्।
भेरीगंगा ९ का जसपा वडाअध्यक्षसहित तीन जना सदस्यद्वारा उम्मेदवारी स्थगन
Facebook Comments