भेरीगंगा ९ का कांग्रेसका प्रेम आग्री प्यानल विजय

0
364

भेरीगंगा, जेठ ४ – स्थानीय तह निर्बाचन २०७९ मा भेरीगंगा ९ बाट नेपाली कांग्रेसको प्यानल नै विजय भएको छ । प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारलाई ३०२ मत अन्तरले पारजित गर्दै कांग्रेसका वडाअध्यक्षका उम्मेदवार प्रेमबहादुर आग्री विजय भएका हुन् ।

भेरीगंगा ७ को सम्पन्न मतगणना अनुसार प्रेमबहादुर आग्री ८५७ मत र एमालेका बिरजित बस्याल ५५५ ल्याएका थिए । भेरीगंगा ९ का नेपाली कांग्रेसका वडासदस्यहरु ईश्वर पाखरेल, धनबहादुर कामी, गंगा रोकाय र लक्ष्मी कामी विजय भएका छन् । यस्तै वडाअध्यक्षका उम्मेदवारहरु राप्रपाका भक्तबहादुर सुनार ४७, नेकपा एसका रुद्धबहादुर कामी ३६, स्वतन्त्रका लक्षुमण राना ११८, माओवादी केन्दल््रका महविर महरले २५ मत ल्याएका छन् ।

यस्तै भेरीगंगाका सम्पन्न १० वडाको मत परिणाम अनुसार ७ वडामा नेपाली कांग्रेस, २ वडामा नेकपा एमाले र १ वडामा माओवादी केन्द्र विजय भएको छ । अव वडा नम्बर ११,१२ र १३ वडाको मत गणना बाँकी रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here