भेरीगंगा ८ र ११ वडामा पोषण कोशेली वितरण सम्पन्न

0
314

दिलिप ढकाल, भेरीगंगा जेठ २१- भेरिगंगा नगरपालिका वडा नम्बर ८ मा एक कार्यक्रमका बीच सुनौलो हजार दिनका आमाहरुका लागि पोषण कोसेली वितरण सम्पन्न भएको छ । मैनतडा स्वास्थ्य चौकीमा बिहान ७ बजे पोषण कोशेलि वितरण कार्यक्रम सम्पन्न भएको हो ।

भेरिगंगा नगरपालिका वडा नम्बर ८ भित्रका २०७८ साल भदौदेखि हालसम्म सुत्केरी र गर्भवती भएका ९२ जनालाई पोषण कोसेली वितरण गरिएको हो । भेरिगंगा नगरपालिका स्वास्थ्य शाखाबाट विनियोजित एक लाख पच्चीस हजार रकम बाट सुत्केरी तथा गर्भवती महिला हरु लाई पोषण कोसेली वितरण गरिएको भेरिगंगा नगरपालिका वडा नम्बर ८ कानिबर्तमान वडाअध्यक्ष्य पदमबहादुर खत्रीले जानकारी दिनु भयो । कार्यक्रममा एक केजीको एक पोका सर्बोत्तम पिठो,एक क्यारेट अण्डा, एक बट्टा हर्लिक्स र हाइजिन किट ( नङकट , टुथपेसट, ब्रश र साबुन) वितरण गरिएको थियो ।

यस्तै वडा नम्बर ११ स्थित रामघाट स्वास्थ्य चौकी अन्तर्गतका गर्भवती र सुत्केरी महिलालाई पोषण कोशेली वितरण गरिएको छ । गर्भवती र सुत्केरी गरि ६३ जनाको सहभागिता रहेको पोषण कोशेली वितरण कार्यक्रमका प्रकार अन्तर्गत एक केजीको एक पोका सर्बोत्तम पिठो,एक क्यारेट अण्डा , एक बट्टा हर्लिक्स र ,हाइजिन किट ( नङकट , टुथपेसट, ब्रश र साबुन) वितरण गरिएको रामघाट स्वास्थ्य चौकी का सिनियर अहेब धिरेन्द्र घर्तीले जानकारी दिनुभयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here