भेरीगंगा ८ कोटमाझखर्क अन्तर्गत जग्गा नापजाँच कार्य सुरू

0
91

भेरीगंगा, बैशाख २- राष्ट्रिय भुमि आयोग सुर्खेतले भेरीगंगा नगरपालिकाको समन्वयमा नगरको वडा नम्बर ८ मा भूमि आयोग अन्तर्गत जग्गा नापजाँच कार्य सुरू गरेको छ । नगरपालिकाको प्राविधिक सहयोगमा वडा नम्बर ८ मा बिहिबारदेखि नाँप जाँच सूरु भएको हो ।

भुमि आयोग सुर्खेत अन्तर्गत भेरीगंगा ८ मा पर्ने बाँकी रहेका कोटमाझखर्कको जग्गाको कित्ताकाट कार्य सुरु भएको भेरीगंगा नगरपालिका मेयर यज्ञप्रसाद ढकालले बताउनुभयो । वडा नम्बर ८ को जग्गाको लगत र नाप नक्सा नाँपचाँजको अनुगमन गर्दै नगर प्रमुख ढकालले राजस्व बढि भएको जनगुनासो आएकाले भुमि आयोग र संघीय सरकारलाई ध्यानाकर्षण गराउईने जानकारी दिनुभयो । भूमि सम्बन्धी ऐन (आठौं संशोधन) र भूमि सम्बन्धी नियम अठारौं संशोधनको व्यवस्थाअनुसार भेरीगंगामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनलाई प्रभावकारी बनाई लालपुर्जा तयारीका लागि साविक लेखपराजुल, रामघाट र मैनतडामा नाँपजाँच भैईरहेको छ ।

भेरीगंगा र गुर्भाकोटमा भुमि आयोगको जग्गा किताकाँट र लालपुर्जा तयारीका लागि राजस्व निर्धारण प्रक्रिया झन्झटिलो, महंगो भएका कारण सानो जग्गा भएका भूमिहीनलाई जग्गा दर्ता गराउन समस्या देखिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here