भेरीगंगा ६ मा बिसी र ७ मा मिजार प्यानल विजयी

0
480

भेरीगंगा, जेठ ३- स्थानीय तह निर्बाचन २०७९ मा भेरीगंगा ६ र ७ बाट नेपाली कांग्रेसको प्यानल नै विजय भएको छ । प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारलाई पारजित गर्दै कांग्रेसले पाँच वटा पद सुरक्षित गरेको हो ।

भेरीगंगा ७ बाट वडाअध्यक्षमा कर्णबहादुर मिजार प्यानल विजय भएको छ । वडासदस्यहरुमा शेरबहादुर कार्की, ओबिसरा बस्याल, मनकली बुढा खड्का, रतिसरा बिक विजय भएका हुन् । मिजारले ५२२ र उनका प्रतिद्धन्द्धी नेकपा एमालेका दिलिप बस्याले ५०९ मत ल्याएका थिए । यस्तै भेरीगंगा नगरपालिका वडा नम्बर ६ मा नेपाली काग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवारहरु लालसिङ्ग बिसीको पुरै प्यानल बिजय भएको छ ।

नेकपा एमालेका उम्मेदवार लालबहादुर घर्तीलाई ७७ मत अन्तरले पराजित गर्दै विसी विजय भएका हुन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here