भेरीगंगा ६ का जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

0
331

भेरीगंगा, पुष २९- भेरीगंगा नगरपालिका वडा नम्बर ६ ले आज एक कार्यक्रमका बिच वडाका जेष्ठनागरिकलाई न्यानो कपडा वितरण गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गदै १०४ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो ।

चिसो मौसम सूरु भएकोले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण र सम्मान गरिएको वडाअध्यक्ष लालसिँह विसीले बताउनुभयो । वडाको जेष्ठ नागरिक विशेष कार्यक्रम अन्तर्गत १०४ जेष्ठ नागरिकलाई वडाले ज्याकेटm गलबन्दी, टोपी र बर्की वितरण गरेको हो । वडाका पुरुष जेष्ठनागरिकलाई ज्याकेट गलबन्दी, टोपी र जेष्ठनागरिक महिलाहरुलाई ज्याकेट र बर्का वितरण गरिएको थियो । वडा कार्यालयमा आयोजित उक्त कार्यक्रम वडाअध्यक्ष विसीको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा वडाका जनप्रतिनिधी, कर्मचारी, राजनैतिक दलका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो । भेरीगंगा वडा नम्बर ६ मा ५४ महिला र ५० पुरुष जेष्ठ नागरिक रहेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here